खोलाले बगाएर ल्याएको आधा शरीर बरामद
- dainiksamaj
- २०७८ श्रावण १४, बिहीबार
महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको छ ।
जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा बग्दै गरेको रातो नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा सो आधा शव फेला परेको हो । शवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ । प्रहरीले सो शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ ।
Post Views: 2,089
- सिन्धुलीका श्रेष्ठलाई श्रममन्त्री बनाउन महासंघको माग, श्रम नबुझेकोले मन्त्रालय चलाउन नसक्ने महासंघको दाबी
- झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
- जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
- महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
- उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
- निर्वाचनमा भाग लिन प्रधानमन्त्री कार्कीको आह्वान !
- संकट छल्न समयमै निर्वाचन
- महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो
- वाईसीएलले बनायो १० हजारको सक्रिय फोर्स, जेन–जी आन्दोलनको नाममा आक्रमण भए प्रतिकार गर्ने
- तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने
लोकप्रिय
-
झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
२०८२ कार्तिक १६, आईतवार -
महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
२०८२ कार्तिक १६, आईतवार -
उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
२०८२ कार्तिक १६, आईतवार -
जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
२०८२ कार्तिक १६, आईतवार


प्रतिकृया दिनुहोस्