पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडाैँ-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।

उनको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।

उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ ।

स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको नेपालको सचिवालयले जनाएको छ ।

नेता नेपालको निजी सचिवालयका अनुसार अस्पतालमा भेटघाट पूर्णरुपमा बन्द गरिएको छ ।

सचिवालयले सूचना जारी गर्दै भनेको छ, ‘उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा सादर अनुरोध छ ।’

लोकप्रिय