महिलाकाे चरित्रहत्या गरेको आरोपमा यी चारवटा युट्युब सन्चालक पक्राउ
काठमाडौँ- नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोले मानिसकाे मनपरि भिडियाे बनाएर चरित्रहत्या गरेको आरोपमा चारवटा युट्युब च्यानलका सन्चालकलाई नियन्त्रणमा लिएकाे छ।
यसरी पक्राउ पर्नेमा दैनिक खबर नामकाे युट्युब च्यानलका सन्चालक दाङको तुल्सीपुर स्थायी घर भएका २१ वर्षीय प्रदिप भण्डारी, हरेक पलको खबरका सन्चालक नुवाकोटको सूर्यगढी नगरपालिका स्थायी ठेगाना भएका २७ वर्षीय शिशिर अधिकारी, सारैचुली मिडियाका सन्चालक मोरङको बेलबारी नगरपालिका स्थायी घर भएकी ३५ वर्षीया पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सन्चालक दोलखाको मेलुङ गाउँपालिका स्थायी घर भएका २४ वर्षीय रोधन तामाङ छन्। यिनीहरुले केही मानिसहरुकाे अनाधिकृत भिडियाे बनाई समाजमा बदनाम गरेकाे उजुरीकाे आधारमा ब्युरोले कारबाही अगाडि बढाएकाे जनाएकाे छ ।
काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर उनिहरुमाथि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। पीडित महिलाको तस्विरसहित चरित्रहत्या हुने सामग्री प्रकाशित गरेको आरोप उनीहरुमाथि लगाइएको छ।
प्रतिकृया दिनुहोस्