केसीको निधनले भक्तपुर काँग्रेस स्तब्ध

केसीको निधनले भक्तपुर काँग्रेस स्तब्ध

 

भेष बहादुर कार्की
भक्तपुर । असोज २१ नेपाली कांग्रेसका नेता शंकर केसीको आज बिहान उपचारको क्रममा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा निधन भयो ।
प्रजातन्त्र अपहरण पश्चात २०३६ मा जनमत संग्रहको घोषणासंगै नेपाल बिद्यार्थी संघबाट आन्दोलनको झण्डा उठाएर प्रजातन्त्र पुनस्थापनामा सक्रिय हुन थाल्नु भएको थियो ।
केसीका पिता टंक बहादुर खत्रीलाई २०३६ सालमा बहुदलको प्रचार प्रसारमा लागेकै कारण नंखेलमा तात्कालिन पंचहरुले कुटपिट गरी हत्या नै भएको थियो । पिताको निधन पश्चात् केसीले नेपाली कांग्रेसको संगठन बिस्तार र आन्दोलनमा नेतृत्व दायी भुमीका निर्वाह गर्नु भएको थियो ।
नेपाली कांग्रेस तत्कालिन नंखेल गाउँ समितिको सभापति भएर लोकतान्त्रिक आन्दोलनमा सक्रिय केसी कांग्रेसको क्षेत्रीय समिति र जिल्ला कार्य समिति भक्तपुरको सदस्य समेत रहनु भएको थियो ।
आज पशुपती आर्यघाटमा स्वर्गीय केसीको पार्थिवमा शरिरमा उहाँका दुई छोरीहरु सायरा केसी, आश्रा केसी र भाई नेपाली कांग्रेसका युवानेता महेश केसीले मुखाग्नी दिनु भएको थियो भने नेपाली कांंग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेसको चारतारे झण्डा ओढाउनु भएको थियो ।
केसीको अन्तिम दर्शनगर्न पशुपती आर्यघाटमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा साँसद मिनेन्द्र रिजाल, जिल्ला सभापति दुर्लभ थापा, अष्ट कवे, गणेशमान चक्रधर, बिनोद कायष्ठ, कबिर राणा, राम गोपाल न्यौपाने, माथबर सिंह बस्नेत, बिदुर बस्नेत, संन्तोष भट्टराई, कबिनद्र मिश्र, सुरज मिश्र ,जिल्ला सचिव उद्वब सिल्वाल,हरि बहादुर खड्का, दिनेश न्यौपाने, शिबराम न्यौपाने, धर्म राज कार्की, यज्ञ थापा, लक्षुराम न्यौपाने, रामहरी न्यौपाने, नबनिर्वाचित सूर्यबिनायक नगर सभापति निशान ढुँगेल, सचिब सुमन न्यौपाने, कांग्रेस नेता रवी राणा, शुरेश श्रेष्ठलगायत भक्तपुर कांग्रेसका नेता एवं कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्वर्गीय केसीको निधामा नेपाली काँग्रेश भक्तपुरले झण्डा झुकाउनुका साथै सबै अौपचारिक कार्यक्रम स्थगित गरेको छ । सूर्यबिनायक नगरपालीका ९, नंखेलका बासिन्दा,५८ बर्षीय स्वर्गीय केसीको एक श्रीमती र दुई छोरीहरु छन्।

लोकप्रिय