पूर्व राजाले पाए दिव्यज्ञान 

पूर्व राजाले पाए दिव्यज्ञान 

काठमाडाैँ-नेपालीमा एउटा उखान छ– ‘हगि सक्यो दैलो देख्यो’ हो त्यो उखान ठ्याक्कै मिलाएका छन् पूर्व राजा ज्ञानेन्द्रले ।

पूर्वराजा ज्ञानेन्द्रले यसपाली २०७८ को बिजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश दिएका छन् ।

हुनतः पूर्व राजाले अघिल्ला दशै र बिभिन्न अबसरमा शुभकामना सन्देश दिंदै आएका छन् । तर यस पाला पूर्वराजाले दिएको सन्देश चैं परम्परागत सन्देश भन्दा पृथक देखिन्छ ।

पूर्व राजा ज्ञानेन्द्रले आफ्नो सन्देशमा ‘राजसंस्था बिनाको प्रजातन्त्र सफल हुँदैन’ भन्ने दिब्य ज्ञान व्यक्त गरेका छन् ।

पूर्वराजा बीरेन्द्रको बंश नास भएपछि दोश्रो पटक २०५८ साल जेष्ठमा राजा भएका थिए । जब दोश्रो पल्ट उनी राजा भए मुलुक बिषम् अबस्थाबाट गुज्रिरहेको थियो ।

त्यतिबेला नेकपा माओवादी जंगलबाट गर्जने र बम बारुद पड्काउने, गैर माओवादीलाई खोजी खोजी मारकाट गरिरहेको थियो । लुटपाट खुबै चम्काएको थियो ।

प्रहरी चौकीहरुमा हमला गर्ने र मार्ने हतियार खोस्ने गरिरहेको थियो । जनता त्रासमा बाँचेका थिए ।

राजगद्दी सम्हालेका ज्ञानेन्द्रले २०५८ साल असोज १८ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार बिघटन गरेर आरोप लगाए ‘अक्षम सरकार’ को ।

अनि प्रजातन्त्रमाथि बलात्कार गर्न थाले । आफ्ना बाबु महेन्द्रले २०१७ सालमा जसरी प्रजातन्त्र अपहरण गरेका थिए, प्रजातन्त्र मारेर पञ्चायत जन्माएका थिए ।

त्यसैगरी ज्ञानेन्द्रपनि बाबु महेन्द्रकै पथमा हिँड्न थाले । तात्कालिन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री नियुक्ति र बिघटनको श्रृंखला चलाए ।

फेरी शेरबहादुरलाई प्रधानमन्त्री बनाए फेरी २०६१ माघ १९ गते शाही शासनको घोषणा गर्दै आफैंले बनाएका प्रधानमन्त्री देउवालाई फालेर आफ्ना पिताका बफादार पञ्चहरुलाई खोजी खोजी सरकारको उपाध्यक्ष बनाए ।

डा. तुलसी गिरी (जो श्रीलंका बस्थे) र कीर्तिनीधि बिष्ट अनि आफु सरकारको अध्यक्ष भएर सक्रिय भए । ‘प्रजातन्त्र बिना राजसंस्था टिक्दैन’ भन्ने कांग्रेस नेता बीपी कोइरालालाई राजा महेन्द्र र ज्ञानेन्द्रका दाजु बीरेन्द्रले आँखाको कसिंगर माने ।

निर्वाचित प्रधानमन्त्रीलाई जेल कोचे, पार्टीमाथि प्रतिबन्ध लगाए र पञ्चायत ल्याएका थिए । जुन २९ बर्ष रह्यो ।

२०५८ सालमा फेरी सक्रिय भएको राजतन्त्र पञ्चायत ल्याउने दिवा सपनामा फेरि गयो ।

सञ्चार क्षेत्रमा कब्जा जमाउने, पार्टीका नेताहरुलाई नजरबन्द गर्ने र निरंकुश बन्ने कार्यमा अग्रसर हुँदै गयो ।

मध्यरातमा शेरबहादुर देउवालाई सैनिक लगाएर पक्राऊ गरी थुनिए, प्रकाशमान लगायतका कांग्रेसका सयौं नेता तथा कार्यकर्ताहरुलाई जेल हालियो ।

जेलमा ठाउँ खाली नहुँदा बिभिन्न सरकारी शिबिरहरुमा राखियो । राजतन्त्र कम कट्टर पक्षपाती गिरिजा प्रसाद कोइराला घरमै बन्दक बनाईए ।

त्यो बेला, जुन बेला यी ज्ञानेन्द्रलाई न त राजसंस्था डुब्न लागेकोमा चिन्ता न त जनताको लागि प्रजातन्त्र प्रिय बस्तु हुन्छ भन्ने ज्ञान नै फुर्‍यो ।

आफ्नो हातमा राज्यसत्ता र शक्ति हुँदा ज्ञानेद्रमा ज्ञान फुरेन ।

बाबुलाई प्रजातन्त्र हत्या गर्न हुन्न, प्रजातन्त्र बिना राजसंस्था रहँदैन भन्ने यी बर्तमानका ज्ञानेन्द्रले सिकाएनन् । न त बाबुको शेषपछि आफ्ना दाजुलाई नै कठै भने ‘दाजु प्रजातन्त्र बिना राजतन्त्र स्थायी हुँदैन ।’

लौ दाजु र बाउलाई त सिकाएन्नन् आफैं राजा भए । देशमा प्रजातन्त्र बहाल थियो । त्यै प्रजातन्त्रको गला यिनै ज्ञानेन्द्रले निमोठे । अलि कति पनि सोंचनन् त ।

त्यो समय जहिले यि राजा थिए, हातमा शक्ति थियो, साथमा सत्ता थियो । जनताका नेताहरु थुने, प्रजातन्त्र अपहरण गरे । राज्यको ढुकुटीमा मन परि गरे ।

जव गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा आन्दोलनमा उभार आयो । राजा फालिए । राजा फालिएको १२ बर्ष पछि बल्ल यिनमा होस आयो, आँखा खुल्यो जुन बेला यिनको हातमा र साथमा केही बाँकि छैन ।

उ दिन सम्झने र यो दिनमा रुनुको बिकल्प छैन । हगि सकेपछि देखेको दैलोको के काम ? उ बेलामा चैं ‘मरेपछि … राजा’  भन्ने अब ‘राजतन्त्र बिना प्रजातन्त्र फस्टाउँदैन’  भन्ने दिब्यज्ञान फुर्नुको के सार्थकता र ?

लोकप्रिय