फल र फुलको चाड तिहार

फल र फुलको चाड तिहार

 

तिहार भन्ने बित्तिकै समस्त हिन्दु समाजमा मनमोहक एवं रमाईलो मौसम र फुलै फुलको चार्डको रुपमा स्मरण गर्छन् । बगैंचामा मात्र होईन बारी र खेतका डिल डिलमा समेत रंगीचंगी फुलहरु झप्पक्क फुलेका रमाईला दृष्य देखिन्छ वरि परि तिहारमा ।
दशैंको लगत्तै आउने दोस्रो ठुलो चार्ड मानिने तिहारलाई दिपावली पनि भनिन्छ । सयपत्री, गोदावरी फुलहरु झपक्कै फुल्ने तिहारमा सबै भन्दा बढी प्रयोग हुने फुलमा मखमली पर्छ । कहिले नओईलाउने मानिएको मखमली फुलको माला आफ्ना दाई भाईहरुलाई लगाई दिएर चेलीहरुले दीर्घ जीवनको कामना गर्ने गर्दछन् ।
तिहार पाँच दिन मनाईन्छ । कुकुर तिहार, काग तिहार, गाई तिहार, गोरु तिहार र पाँचौं दिन भाई तिहार अर्थात भाई टिका । जसलाई यमपञ्चक पनि भनिन्छ । यो यम पञ्चकमा स्वयं यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा बस्न जाने भनाई छ । यमराज आफ्ना कामबाट फुर्सत लिएर बहिनी यमुनाकोमा बस्न जाने हुँदा यी पाँच दिन यमदुतले कसैलाई मार्दैनन् भन्ने जनबिश्वास रहेको छ ।

दशैंको लगत्तै आउने दोस्रो ठुलो चार्ड मानिने तिहारलाई दिपावली पनि भनिन्छ । सयपत्री, गोदावरी फुलहरु झपक्कै फुल्ने तिहारमा सबै भन्दा बढी प्रयोग हुने फुलमा मखमली पर्छ । कहिले नओईलाउने मानिएको मखमली फुलको माला आफ्ना दाई भाईहरुलाई लगाई दिएर चेलीहरुले दीर्घ जीवनको कामना गर्ने गर्दछन् ।

तिहारको आफ्नै महत्व छ, शरद ऋतुको रमाईलो मौसममा फुल्ने रंगिबिरंगी फुल र पहेँलै फल्ने हलुवाबेद, अम्वा सुन्तला मात्र होईन अनेक फलफुलहरु पनि तिहारमा पाकेका हुन्छन् । लक्ष्मी पुजाको दिन लक्ष्मीको पुजा गर्नेहरुले धुमधामसंग घर झिलिमिलि पारेर लक्ष्मी पुजा गर्छन भने साँझ पर्नासाथ घरै पिच्छे भैलिनीहरुले भैलो खेल्ने गर्दछन् । लक्ष्मी पुजाको भोली पल्ट गोरु तिहारको साँझ भने घरै पिच्छे देउसि खेलिन्छ, नेवार समुदाय भने ‘म्ह’पुजा गर्दछन् ।

तिहार अर्थात दिपावलीको मुख्य दिन दिदी बहिनीहरुले निधारमा सप्तरंगी टिका लगाएर मखमली फुलको माला लगाईदिन्छन ।
मखमली फुल कहिले पनि नओईलाउने भएकोले यमुनाले दाजु यमराजसंग माला नओईलाएसम्म मृत्युले लाननपाउने वाचा गराएकोले यमराजको बरदानले गर्दा मखमलीमाला लगाउनेहरुको मृत्यु हुँदैन भन्ने जनविश्वास छ ।
मखमली फुलको चौतर्फी माग भएकोले किसानहरुले परम्परागत रुपमा लगाई आएका अन्नवाली लगाउने जग्गामा मखमली फुल र सयपत्री फुल लगाउनेहरु व्यावसायीहरु समेत ह्वात्तै बढेको पाईन्छ ।

 

भक्तपुर जिल्लाको सूर्यबिनायक नगरपालीका –७ गुण्डुमा फुलेको मखमली फुल 

भक्तपुर जिल्लाको सूर्यबिनायक नगरपालीका –७ गुण्डुमा २५ बर्ष भन्दा पहिलेबाटै यता देखि मखमली फुल लगाउने र यसको माला बनाएर व्यावसायिक रूपमा बिक्रि गर्नेहरु बढेका छन् । अहिले उनिहरुलाई मखमली फुल टिप्न र माला गाँस्न भ्याई नभ्याई छ ।
आफ्नो जग्गामा मात्र होईन भाडामा जग्गा लिएर पनि फुल लगाउने र माला उनेर बिक्रि गर्ने गरिन्छ । माला सबैले आफैं उन्न नभ्याउने हुँदा ज्याला दिएर र कसैले पर्म लगाएर पनि माला उनिन्छ । माला उन्ने र संगालेर माला नबिग्रने गरि भण्डारण गर्ने काम असारबाटै हुने किसानहरु बताउँछन् ।

गुण्डुका पुरानो बस्तीका अर्थात साबिक गुण्डु गाबिसका वडा नं ४, ६, ८ र ९ का अधिकाँशले मखमली फुल लगाउने र माला उन्ने गर्छन । बाँकी टोलमा पनि फुल खेती तिर लागका छन् । बर्षेनी गुण्डुबाट १० लाख भन्दा बढी माला बिक्रि गर्ने गरिन्छ ।

गुण्डुका पुरानो बस्तीका अर्थात साबिक गुण्डु गाबिसका वडा नं ४, ६, ८ र ९ का अधिकाँशले मखमली फुल लगाउने र माला उन्ने गर्छन । बाँकी टोलमा पनि फुल खेती तिर लागका छन् । बर्षेनी गुण्डुबाट १० लाख भन्दा बढी माला बिक्रि गर्ने गरिन्छ । उनिएका अधिकाँश माला काठमाण्डौबाट ब्यापारीहरु घर घरै आएर उठाउँछन् । न्यूनतम २२ रुपैयाँ माला उठाउन शुरु भएकोमा तिहारको मुखमा प्रति गोटा ३० रुपैँया भन्दा बढीमा बिक्रि भएका छन्, माला एक मिटरको बनाइने किसानहरुको भनाई छ ।


गुण्डुका मखमली फुलको माला युरोप, अमेरिका, अष्ट्रेलिया निकासी हुने गर्दछ । सुरु सुरुमा उनिएका मखमलीका माला युरोप अमेरीकामा रहेका हिन्दुहरुको घर घरमा पुगिसकेका छन् भने अब भाई टिकामा माला महँगिने र एउटा मालाको मुल्य सय भन्दा बढीमा बिक्रि हुने यहाँका किसानहरुको अनुमान रहेकोछ । कृषकहरु तिहारमा मात्र प्रयोग गरिने मखमली केही बर्ष यता आएर छठमा पनि प्रयोग हुन थालेकोले उत्साहित भएका छन् ।

लोकप्रिय