नेपाली काँग्रेश भक्तपुरको चियापान कार्यक्रम सम्पन्न
भक्तपुर-नेपाली काँग्रेश भक्तपुरले आज परम्परागत रुपमा नेपाली काँग्रेश भक्तपुरले २०४७ सालबाट मनाउँदै आएको शुभ दिपावली, न्हु दया भिन्तुना (नेपाल सम्बत) र छठको अबसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नेपाली काँग्रेशका केन्द्रिय सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पनन भएको छ ।
भक्तपुर बहुमुखी क्याम्पसमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेशका सभापति देउवालेु अधिबेशन पछि छिटै हुने निर्वाचनको लागि तयार हुन निर्देशन दिँदै, अधिबेशन सर्बसम्मत वा निर्बिरोध गर्न , आपसी तिक्तता नबढाउन र निर्वाचन गर्ननै परे सौहाद्र रुपमा गर्न आग्रह गर्दै पार्टी बलियो बनाउन अनुरोध गर्नुभयो ।
नेपाली काँग्रेशका नेताहरु मनमोहन भटटराई, रमापौडेल, पूर्व जिल्लासभापतिहरु तिलक कायष्ठ, गणेशमान चक्रधर र महेश श्रेष्ठको पनि उक्त अवसरमा उपस्थिति थियो ।
अन्तिम पल्ट तोकिएकै मितिमा अधिबेशन हुने, आफुले तलमाथि गर्ने ठाउँ नभएको स्पष्ट पार्दैकेन्द्रिय निर्वाचन समितिले अब कार्यक्रम गर्ने अबगत गराउनुभयो । निर्वाचन र अधिबेशनको जिम्मेवारी उसैको भएको समेत बताउनुभयो ।
स्मरणिय छ कि आगामी मार्ग २४-२६ गते नेपाली काँग्रेशको महाधिबेशन काठमाण्डौमा हुने कार्यतालिका निस्किसकेको छ ।
उक्त कार्यक्रमका अर्का वक्ता बागमति प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण लाल भँडेलले ु पार्टीको शिर झुक्न नदिने, पार्टी सभापतिको निर्देशन पालना गर्ने प्रतिबद्वता दोहर्याउँदै, जिल्लामा बिकास निर्माणले तिब्तालिने रपार्टीको शिर उँचो बनाउन कुनै कसर बाँकि नराख्ने बताउनुभयो ।
नेपाली काँग्रेश भक्तपुर जिल्ला सचिब उद्वव शिल्वालले संचालन गरेको उक्त कार्यक्रममा जिल्ला उपसभापति हरि नेपालले उपस्थित जनसमुहलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेश भक्तपुरका सभापति दुर्लभ थापाले पारटीको आगामी निर्वाचनमा स्वसम्मत नेतृत्व चयनमा आफु बाधक नरहने र जुनसुकै त्याग गर्न तयार हुने बताउँदै अन्य नेता गणका पनि त्यस्तै त्याग गर्ने बचनबद्धताको अपेक्षा गर्नुभयो ।
साथै थापाले बिपक्षीलाई सहयोग पुर्याउनेहरुबाट सचेत रहन पनि सजग गराउनुभएको जानकारी भक्तपुर जिल्ला नेपाली काँग्रेशका सचिब तथा नेपाली काँग्रेश सूर्यबिनायक नगरपालिका का हालै निर्वाचित सभापति निशान ढुँगेलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्