गणेशमान सिँह, जन्म जयन्ती आज मनाईयो

भक्तपुर । जनआन्दोलन २०४६का सर्बोच्च कमाण्डर तथा लौह पुरुष नेपाली काँग्रेसका सर्बोच्च नेता तथा नेपाली काँग्रेशका संस्थापक बीर गणेशमान सिँहको १०७ औं जन्म जयन्तीको अबसरमा गणेशमान सिँह स्मृति बाटिकाले कटुन्जेमा गणेशमानको फोटोमा माल्यार्पण गरि सम्पन्न भयो ।
बाटीकाका अध्यक्ष माथबर सिँहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितिका महासचिब कृष्ण मुरारी न्यौपानेले बाटीकाको आगामी कार्यक्रम र गणेशमान सिँहको जीवनी प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको संचालन बाटीकाका सचिब पूर्ण बिसंख्यले गरेको उक्त कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व जिल्ला सभापति तिलक प्रकाश कायष्ठ, लेखनाथ न्यौपाने,गणेशमान चक्रधर तथा बाग्मती प्रदेशकी साँसद रजनी जोन्छे, काँग्रेश नेता कबिर राणा,बाबु राजा जोशी, मध्यपुर उपमेयर अन्जना मधिकर्मी,शिबहरी केसी, कमल नाथ आचार्य, रबि राणा र बाल कृष्ण थापा, राजु ढुँङ्गेल, हरि बहादुर खड्काको पनि उपस्थिति थियो ।
बरिष्ठ साहित्यकार ध्रुब मधिकर्मी,रत्न कोंजु एवं सुभाष चन्द्र ढुँगेलका साथै ठुलो संख्यामा सहभागीता रहेको माल्यार्पण कार्यक्रममा प्रमुख अतिथि काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले बाटीकाको जग्गामा गिद्वेदृष्टी नलगाउन सचेत गराउनु भयो । ( दुर्लभ थापाले उक्त अबसरमा बोलेका संक्षिप्त कुरा ।
आगामी चैत्र २६ गते जनआन्दोलन दिवसको अबसरमा लौहपुरुष बीर गणेशमान सिँहको शालीक अनाबरण गर्ने समेत बाटीकाका अध्यक्ष माथबर सिँह बस्नेतले सो अबसरमा जानकारी गराउनुभयो ।
प्रतिकृया दिनुहोस्