सरुवामा पर्ने डरले सिंहको रुवाबासी

सरुवामा पर्ने डरले सिंहको रुवाबासी

 

काठमाडौँ । शहरी विकाश मन्त्रालयको २०७८ कार्तिक २८ को निर्णय अनुसार १८ जना कर्मचारीहरुको हेरफेर गरेको छ । नवनियुक्त मन्त्री रामकुमारी झाँक्रीमा प्रगति देखाउन हुटहुटी चलेको भएपनि सचिव डा. रमेश प्रसाद सिंहले सेटिङ्गमा भर्ना गरेका कर्मचारीका कारण मन्त्रीको गतिमा कर्मचारीहरुले साथ दिन चाहेनन् । जसको कारण मन्त्रालय गतिहीन बन्न पुग्यो । यसको सुइंको पाएसँगै मन्त्रीले सचिव सिंहको सेटिङ्ग भत्काईदिएका छन् ।
मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहको योजनामा २०७७ माघमा शहरी विकास विभागको महानिर्देशकलगायत आकर्षक निकायहरूमा कर्मचारीको सरुवा भएको थियो । तत्कालीन मन्त्री प्रभु शाहलाई आफूँ अनुकुल ब्रिफिङ गरी पहिलो नम्बरका सहसचिव पदम कुमार मैनालीलाई पन्छ्याएर तेस्रो बरिएताका नवराज प्याकुरेललाई महानिर्देशक बनाइएको थियो । जसको कर्मचारी वृत्तमा निकै आलोचना भएपनि त्यसै सामसुम पारिएको थियो । छानी–छानी मालदार निकायमा आफ्नालाई खटाइएको विषय नवनियुक्त मन्त्री रामकुमारी झाक्रिकहाँ पुगेपछि उनले महानिर्देशक प्याकुरेलसहित १८ जना कर्मचारीको सरुवा गरेकी छिन् ।
मन्त्रालय स्रोतका अनुसरा विभागका महानिर्देशक नवराज प्याकुरेललाई मन्त्रालयमा र मन्त्रालयका सहसचिव पदम कुमार मैनालीलाई विभागमा पठाइएको छ । यसैगरी शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दिलीप भण्डारीलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुखमा खटाइएको छ भने त्यहाँका सिडिई रवीन्द्र बोहोरालाई विभागमा सरुवा गरिएको छ ।
यसैगरी सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका नारायण भण्डारीलाई काठमाडौँ उपत्यका विकास प्राधिकरणको कायम मुकायम नायव विकास आयुक्तको कार्यालय काठमाडौँ, सिडिई सचिन्द्र कुमार देवलाई सघन शहरी तथा भवन निर्माण आयोजना दाङबाट सप्तरी, एकराज अधिकारीलाई शहरी विकास तथा भवन निर्माण विभागबाट संघीय आयोजना कार्यान्वयन इकाई धनुषा, शिखर लामा तामाङलाई विभागबाट सघन शहरी तथा भवन निर्माण आयोजना, पर्सा, रमेश थिंगलाई संघीय आयोजना कार्यान्वयन इकार्य बाँकेबाट संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देही, त्यहाँ कार्यरत विदुर खड्कालाई संघीय आयोजना कार्यान्वयन इकाई बाँके, रोशन श्रेष्ठलाई नयाँ शहर आयोजना समन्वय इकाई बबरमहलबाट संघीय अयोाजना कार्यान्वयन इकाई मोरङ र त्यहाँ कार्यरत गङ्गा प्रसाद यादवलाई सहरी विकास तथा भवन निर्माण विभाग, हिमाल के.सी.लाई विभागबाट नयाँ शहर आयोजना समन्वय कार्यालय, प्रकृर्ण तुलाधरलाई सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाबाट विशेष भवन निर्माण आयोजना बबरमहल, प्रदीप कुमार सिंहलाई मन्त्रालयबाट सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला सरुवा गरिएको छ ।
यसैगरी इन्जिनियरत्रय खड्ग बहादुर चौधरीलाई संघीय आयोजना कार्यान्वयन इकाई बाँकेबाट सघन शहरी तथा भवन निर्माण आयोजना दाङ, प्रदीप कुमार खनाललाई संघीय आयोजना कार्यान्वयन इकाई धनुषाबाट शहरी विकास तथा भवन निर्माण विभाग र सुदर्शन शर्मालाई सघन शहरी तथा भवन निर्माण आयोजना झापाबाट मन्त्रालयमा सरुवा गरिएको छ ।
ओलीका विश्वासपात्र सिंहले मालदार अड्डाहरुमा आफूँले चिनेजानेका मान्छेलाई भर्ति गर्दा यतिबेला शहरी विकास मन्त्रालय गतिहीन बन्न पुगेको मन्त्रालयकै एक कर्मचारीको गुनासो रहेको छ । पूर्वप्रधानमन्त्री ओलीका विश्वासपात्र रहेका सचिव सिंहले मन्त्री झाँक्रीलाई असफल बनाउन खोजेको चाल पाएपछि सचिव सिंहको समेत सरुवा हुने भएको छ । तर सचिव सिंह भने आफ्नो मालदार अड्डा फुत्किने डरले रुवाबासी गर्न थालेको मन्त्रालय स्रोतको भनाई छ ।

लोकप्रिय