सचिवमा महेश बस्नेतले उम्मेदवारी दिने
काठमाडौ । नेकपा (एमाले)को प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।
हालै राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा युवा नेता बस्नेतले आफूले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्याधिक मत दिने र विजयी बनाउने विश्वास लिएका छन् । ।
बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी गरे । उनले भने,–‘हाम्रो अध्यक्ष केपी ओलीलाई फादर अफ द नेशनको रुपमा युवाहरुले स्विकार गरेका छन्, यो महाधिवेशनलाई उहाँलाई सर्वसम्मत् अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु ।’
पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने बताए । उनले भने,‘जनपरिचालनको हिसाबले हामीयो महाधिवेशनलाई धेरै भव्य र ऐतिहासिक बनाउँछौं । कुनै दलले अहिलेसम्म गर्न नसकेको जनसहभागिता गराउँछौं । नारायणी किनारादेखि गैंडाकोट सबै भू–भाग मानवसागरले भरिन्छ ।’
प्रतिकृया दिनुहोस्