क्षेत्रीय सभापतिमा निर्वाचित कार्की भन्छन्–‘भक्तपुरलाई कांग्रेसको किल्ला बनाईछाड्छु’

क्षेत्रीय सभापतिमा निर्वाचित कार्की भन्छन्–‘भक्तपुरलाई कांग्रेसको किल्ला बनाईछाड्छु’

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा भेषबहादुर कार्की भारी मतका साथ निर्वाचित हुनुभएको छ । कार्कीले प्रतिद्वन्द्वी विदुरमान बस्नेतलाई १ सय २२ मतको अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । कार्कीले ३६० मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्द्वी बस्नेतले २ सय ३८ मत प्राप्त गर्नुभएको थियो ।

नेपाली कांग्रेसको इतिहासमा कार्की पार्टीको अथक योद्धाका रुपमा चिनिनुहुन्छ । कार्कीले प्रजातन्त्र स्थापना २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा प्रचार प्रसारबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०४२ सालको सत्याग्रहमा जेठ १० गते नै पक्राउ गर्नुभएका कार्की २०४६ सालको जन आन्दोलनमा पनि सक्रिय हुनुभएको थियो ।
२०४१ सालमा स्ववियू निर्वाचनमा विश्व भाषा क्याम्पसमा नेविसंघको सदस्य र २०४२ सालमा गठ्ठाघार क्याम्पस, सानो ठिमीमा सभापतिका उम्मेदवार भएर नेविंघको राजनीति समेत सक्रिय हुनुहुन्थ्यो ।
२०४३ सालको आउट पोष्ट कब्जामा भक्तपुरमा जिल्ला पञ्चायत सदस्य उम्मेदवार हुनुभएका कार्की बहुदल स्थापना पश्चात् गुण्डु गाविसको पहिलो निर्वाचित गाविस अध्यक्ष भएर काम गर्नुभएका कार्की २०४२ साल देखि लगातार नेपाली कांग्रेस भक्तपुरको जिल्ला सदस्य भएर आठौँ महाधिवेशनमा महाधिवेशन र दशौं महाधिवेशनमा महासमिति निर्वाचित हुनुहुन्थ्यो ।
नेपाली कांग्रेस क्षेत्र नं. २ मा निर्वाचित भएसँगै कार्कीले आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा नेपाली कांग्रेसको खोसिएको क्षेत्र फिर्ता ल्याउनुपर्ने महत्वपूर्ण जिम्मेवारी आईपरेको भन्दै सो जिम्मेवारी पूरा गर्ने बचनवद्धता व्यक्त गर्नुभयो । उहाँले आफूँलाई मतदान गर्नुहुने पार्टीका नेता कार्यकर्ताहरुप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा विपक्षी साथीहरुलाई समेत एकतावद्ध गर्दै कांग्रेसलाई जिल्लामा सबैभन्दा उत्कृष्ट र बलियो पार्टीको रुपमा खडा गर्ने बताउनुभयो ।
त्यसैगरी नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा जीवन खत्री निर्वाचित हुनुभएको छ । क्षेत्र नं १ को सचिवमा समुन्द्र थापा र रबिनकुमार केसी तथा सहसचिवमा रामकाजी भुज र राजेश्वर वन निर्वाचित हुनुभएको छ ।
कार्यसमिति सदस्यमा आदिवासी जनजाति खुल्लातर्फ बलबहादुर श्रेष्ठ र सहदेव श्रेष्ठ तथा प्रदेशसभा ‘क’ बाट लक्ष्मीभक्त गोसाईं, नीलकृष्ण साख र महिलातर्फ कमलकेशरी चौगुठी निर्वाचित हुनुभएको छ । कार्यसमितिका अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएको बताइएको छ ।
त्यस्तै क्षेत्र नं १ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा प्रवीन वन, बाबुराजा जोशी, राधा कार्की (सरु बानिँया), कृष्णलाल भँडेल, जीवन खत्री, जग्गनाथ कार्की, राजाराम खड्का, दयामान कमर्चाय, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषत्तोम लामिछाने, मनोजकुमार थापा, गोविन्द थापा, नवराज दाहाल रहेका छन् ।
त्यस्तै, शुभद्रा काफ्ले, सङ्गीता फुयाँल, रुपा थापा, गङ्गालक्ष्मी अवाल, रजनी जोन्छे, रञ्जना कक्षपति, सुरेश श्रेष्ठ, रत्नसुन्दर खाइतु, जीवन भुजू, केशव दुवाल र हरिकृष्ण श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
त्यसैगरी, महाधिवेशन प्रतिनिधिमा जीवन खत्री, गोविन्द थापा र नवराज दाहाल पनि निर्वाचित भएका छन् ।
त्यसैगरी कांग्रेस भक्तपुर क्षेत्र नं २ को सचिवमा ईश्वर खड्का र सबिन ढुङ्गेल तथा सहसचिवमा सुसन प्रजापति र मीना चित्रकार श्रेष्ठ विजयी हुनुभएको छ । महिला सदस्यमा रीना महर्जन, खुल्ला सदस्यमा बाबुकाजी डङ्गोल, वीरजी श्रेष्ठ, धर्मभक्त श्रेष्ठ, आदिवासी जनजाति महिलामा मधु श्रेष्ठ विजयी हुनुभएको छ ।
आदिवासी जनजाति खुल्लातर्फ हरिभक्त हेक्का, वीरेन्द्र प्रजापति, खस आर्य महिलातर्फ दुर्गा न्यौपाने, खस आर्य खुल्लातर्फ प्रल्हाद कार्की र अचुत केसी विजीय भएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि महिलातर्फ रमा कोइराला पौडेल, दुर्लभ थापा, अष्टकुमार कवें, मदनकृष्ण श्रेष्ठ, नारायणभक्त खायमली, विष्णुराज कार्की, मुरारीप्रसाद आर्चाय, उद्धव सिलवाल, राजनकाजी त्वाती, गणेशमान चक्रधर र सन्तोष भट्टराई, अञ्जनादेवी मध्यकर्मी, प्रमिला सुवेदी आचार्य र कमला कर्मचार्य विजयी हुनुभएको छ ।
यस्तै, आदिवासी जनजाति खुल्लातर्फ ज्ञानदास प्रजापति, दिलकृष्ण प्रजापति र रामकाजी चक्रधर विजयी हुनुभएको छ भने खस आर्य महिलातर्फ सङ्गीता थापा, सुमित्रा सापकोटा, खस आर्य खुल्लातर्फ अचुतप्रसाद मिश्र, लछुराम न्यौपाने र उमेश खड्का विजयी हुनुभएको छ ।
दलिततर्फ पूर्ण नेपाली बिसुङ्के, मुस्लिम अपाङ्ग मधेसीतर्फ कसबहादुर कोजु, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति महिलातर्फ नारायणदेवी जाकिबञ्जार र खुल्लातर्फ मिठाराम न्यौपाने, मनिराज थापा, महितर्फ हीरा श्रेष्ठ र खुल्लातर्फ राजभक्त श्रेष्ठ तथा राजेश श्रेष्ठ हुनुभएको छ । दुवै क्षेत्रमा मङ्गलबार भएको निर्वाचनमा क्षेत्र नं १ को मतपरिणाम मङ्गलबार राति र क्षेत्र नं २ को मत परिणाम आज बिहान ११ः३० बजे निर्वाचन समितिले सार्वजनिक गरेको थियो ।
नेपाली कांग्रेस जिल्ला सभापतिमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबीच प्रतिस्पर्धा हुने पक्कापक्की भएको छ।

१३औँ महाधिवेशनमा पनि थापा र कवेँबीचको कडा प्रतिस्पर्धामा थोरै मतान्तरले थापा विजयी हुनुभएको थियो ।

लोकप्रिय