भक्तपुर कांग्रेस सभापतिमा दुर्लभ थापा विजयी

भक्तपुर कांग्रेस सभापतिमा दुर्लभ थापा विजयी

 

काठमाडौं । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मत परिणाममा थापाले सभापतिका अर्का प्रत्यासी अष्ट कवेलाई पराजित गरेका हुन् ।

पार्टीमा संस्थापन निकट थापाले ५५५ मत प्राप्त गरे भने कवेले ४४२ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । थापा यसअघि पनि जिल्ला सभापति नै थिए । १३ औं महाधिवेशनमा पनि जिल्ला सभापति पदमा थापा र कवेबीच नै प्रतिस्पर्धा भएको थियो । कवे संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् ।

लोकप्रिय