लुम्बिनी विकास बैंकको एकै साथ थप नयाँ पाँच शाखा

लुम्बिनी विकास बैंकको एकै साथ थप नयाँ पाँच शाखा

 

काठमाडौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनुभएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुयाउने उद्देश्यले आज आइतबार देखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ७३ औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोक स्थित नयाँ बानेश्वर शाखा काठमाडौं ,७४औँ शाखाको रुपमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ०५ स्थित मणिग्राम शाखा रुपन्देही,७५औँ शाखाको रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ०४, बर्दघाट शाखा नवलपरासी, ७६औँ शाखाको रुपमा दाङ्ग जिल्ला घोराही उप–महानगरपालिका वडा नं. १५ बि.पि.चोक स्थित घोराही शाखा दाङ्ग र ७७ औँ शाखाको रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ साझा चोक स्थित कोहलपुर शाखा रहेका छन् ।
यस बिकास बैंकको नयाँ बानेश्वर शाखाको उद्घाटन बिकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गर्नुभयो । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उप– प्रमुख माया देवि पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्त रुपमा गर्नृुुृृभयो । मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्त रुपमा गर्नुभएको थियो ।
घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रताप कुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गर्नृुृभयो । साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्त रुपमा गर्नुभयो । हाल लुम्बिनी बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरुमार्फत ७७ अर्बको व्यबसाय गरिरहेको जनाएको छ ।

लोकप्रिय