भूपेन्द्रको हत्यामा संलग्न १२ जनालाई प्रहरीले गर्यो सार्वजनिक

भूपेन्द्रको हत्यामा संलग्न १२ जनालाई प्रहरीले गर्यो सार्वजनिक

 

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन मार्फत भूपेन्द्रको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार सार्वजनिक गरिएका अभियुक्तहरुमा लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल छन् । यस्तै लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले, टीकपुरकै २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोश भन्ने सविनजँग शाहीलाई पनि सार्वजनिक गरिएको प्रहरी उपरीक्षक अधिकारीले वताएका हुन्   ।

बडुवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य ९ जना अझै फरार छन् । प्रहरी उपरीक्षक अधिकारीका अनुसार लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, २६ वर्षीय अनुज भन्ने चिरनजीवीजंग शाही, २६ वर्षकै हिमाल शाही, जानकी गाउँपालिका–६ बस्ने वर्ष २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका–१ बस्ने २७ वर्षीय विकास शेरचन, लम्कीचुहा–४ बस्ने २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर नगरपालिका–६ बस्ने अन्दाजी ३५ वर्षीय अशोक रावल, लम्कीचुहा नगरपालिका–३ बस्ने २५ वर्षीय लोकजंग शाही र बर्दियाको गरुवा गाउँपालिकाका २२ वर्षीय हेमन्त शाही फरार छन् ।

लोकप्रिय