एमसीसीविरुद्ध भोलि माईतीघरमा आन्दोलन गर्ने घोषणा
काठमाडौं। अमेरिकी सहयोग सम्झौता (एमसीसी) को विरोधमा भोलि (शनिबार) दिउँसो राजधानीमा विरोध प्रर्दशन हुने भएको छ । ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’का केन्द्रीय अध्यक्ष तथा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समूहले एमसीसी खारेजीको लागि आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । अभियामार्फत शनिबार दिउँसो १ बजे माईतीघर मण्डलामा धर्नासहित आन्दोलन गरिने अभियन्ता शाहीले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
शाहीले एमसीसीलाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने उद्देश्यले यही मंसिर २८ गते सरकारले संसद् अधिवेशन बोलाएको पनि दाबी गरे । उनले संसद् अधिवेशन बोलाईएको दिन अर्थात
एमसीसी पास गराउन संसद्ले कार्यसूची तयारी अवस्थामा राखेको समेत उनको दाबी थियो ।विभिन्न दल र त्यसमा संलग्न नेता÷कार्यकर्तालाई राष्ट्रिय स्वाधिनताको लागि झण्डा बोक्न आग्रह गदै उनले विदेशीको दासत्वलाई कहिलेसम्म स्विकार्ने भन्नेबारे सोच्नसमेत आग्रह गरेका छन् । देश बेच्न खोजे फेरि बन्दुक उठ्न सक्ने बताउँदै उनले आम नागरिकले आफ्नो अधिकार र देशको रक्षाको लागि अब सुतेर बस्न नहुने पनि धारणा राखे । उनले सुतेर बस्ने, पार्टीका सभामा हराउने, राष्ट्रघाती नेताहरुलाई अब साथ दिने बेला सकिएको पनि बताए ।
देश टुहुरो बन्दा, नेपाल आमा बलात्कृत हुँदा विदेशीको अनुहार हेर्न नसक्ने छोरो नै नेपाल आमाको सच्चा सपुत हुने बताउँदै उनले पार्टीभन्दा माथि उठेर देश र जनताको रक्षाको लागि एकजुट हुन आफूहरुले भोलि (शनिबार) आयोजना गर्न लागेको आन्दोलनमा सहभागी हुन आम जनतालाई अपिलसमेत गरे ।
अहिले आफ्नो स्वतन्त्रताको आवाज नउठाए भोलिका दिनमा आफूहरुका सन्ततीले धिकार्नेसमेत उनको भनाई छ ।‘हामी राजनेता भन्दै उसलाई जिताउन काँध थापरे हिँडेका छौं, कुन दिन विपीले, मदन भण्डारीले, पुष्पलालले, राजा महेन्द्रले यो देश बेच्नुपर्छ भन्नुभएको थियो र ?’–उनले भने ‘आज देश बेचिरहँदा, नेपाल आमा बलात्कृत हुँदा किन मौन बसिरहनु भएको छ, म तपाईँहरु दलका नेता तथा कार्यकर्ताहरुलाई प्रश्न गर्न चाहन्छु ।’
राष्ट्रघाती गद्दारलाई अझै सर्मथन गरेर देशलाई बेच्दा मौन रहने नेपाल आमाको छोरो नभएर गद्दार हुनेसमेत उनको टिप्पणी छ । उनले पार्टीको महाधिवेशनमा कार्यकर्ताहरु हुरक्क भएर पुगेजसरी राष्ट्रिय स्वाधिनताको लागि भोलि (शनिबार) माईतीघर मण्डलामा आफूहरुले गर्न लागेको आन्दोलनमा आउन पनि आम कार्यकर्ताहरुलाई आग्रह गरे । राष्ट्र र राष्ट्रियताको विषयमा हरेक नेपाली सडकमा आउन आवश्यक रहेको उनको भनाई छ ।
भोलि नेपालको अवस्था काबुलको जस्तै हुने दाबी गर्दै उनले अमेरिकन सेनाले भोलि छातिमा गोली ठोक्दा केपी ओली, देउवा र प्रचण्डलाई पुकार्दा कोही नहुने उनको भनाई छ । ‘अफगानिस्तानका राष्ट्रपति हिजो हेलिकप्टरमा विदेश भाग्दा कति जनतालाई संगै लगेर भागे ?, भोलि नेपालको अवस्था पनि त्यस्तै हुनेछ । अहिलेका राजनेताको पछि लाग्दा देशले के पायो?’
आमसभामा सहभागी नेपाली कांग्रेसका कार्यकर्तालाई शनिबारको विरोध कार्यक्रममा सहभागी हुन आग्रह गर्दै उनले एमसीसी नेपालको पक्षमा छैन भन्ने विषयमा सरकारसंग आमनेसामने भएर खुला बहस गर्न तयार रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस्