पृथ्वीनारायण शाहप्रति सम्मान गरौं, बिदेशी अतिक्रमणबाट देशलाई जोगाऔंँ: उपसभापति गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमाथि गरिरहेको दावाु भनेका छन् ।
यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेको उपभापति गुरुङले सरकारसँग माग गरेका छन् ।
उनले लेखेका छन्, पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।


प्रतिकृया दिनुहोस्