मदन भण्डारी मेमोरियल कलेजमा छात्रवृत्ति परिक्षा सञ्चालन हुदै
मदन भण्डारी मेमोरियल कलेजमा छात्रवृत्ति परिक्षा सञ्चालन हुदै
काठमाडौँ-मदन भण्डारी मेमोरियल कलेज काठमाडौँले आज माघ २४ गते सोमबार छात्रवृत्ति परिक्षा सञ्चालन गर्ने भएको छ ।
बिहान ११ बजे सञ्चालन हुने उक्त छात्रवृत्ति परिक्षामा कक्षा १२ उतिर्ण गरेर स्नातक अध्ययन गर्न इच्छुक बिद्यार्थीले सम्मलित हुन पाउने कलेज प्रशासनले जनाएको छ ।
छात्रवृत्ति परिक्षामा उत्कृष्ट अंक ल्याउनेलाई पुर्ण छात्रवृत्ति उपलब्ध गराउने कलेज प्रशासनले जनाएको छ ।
मदन भण्डारी मेमोरियल कलेज पारदर्शी रुपमा परिक्षा लिएर छात्रवृत्ति उपलब्ध गराउने निकै कम कलेज मध्यको कलेज रहेको कलेज प्रशासनको दाबी रहेको छ ।
कलेजले प्लस २ तथा एसइइमा विद्यार्थीले प्राप्त गरेको ग्रेड तथा यस छात्रवृत्ति परिक्षामा प्राप्त अंकको समेत मुल्याङ्कन गरेर पुर्ण देखी लिएर आंशिक छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।
इस्वी सम्बत २००१ मा स्वर्गीय नेता मदन भण्डारीको स्मृतिमा मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित यस कलेजले आफ्नो २ दशकको यात्रामा उत्कृष्ट नतिजा सहित शैक्षिक क्षेत्रमा आफुलाई अब्बल सावित गरिसकेको छ ।
राष्ट्रिय परिक्षा बोर्ड तथा त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा विविएम, विसिए, विविएस, विए, विएसडब्लु तथा विएससी सिएसआईटी संकायमा पठन पाठन हुदै आएको छ ।
साथै कलेजले स्नात्तकोत्तर तर्फ एमविए, समाजशास्त्र, मेजर अंग्रेजी तथा पत्रकारितामा अध्ययन अध्यापन गराउदै आएको छ ।
अत्याधुनिक कक्षा कोठा, शान्त बातवरण तथा जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको यस कलेजले बिगत २ दशक देखी सैदान्तिक सहित जीवन उपयोगी ब्यवहारीक शिक्षा प्रदान गर्दै आएको छ ।
मदन भण्डारी मेमोरियल कलेजमा छात्रवृत्ति परिक्षा सञ्चालन हुदै
प्रतिकृया दिनुहोस्