३२ सहसचिवको सरुवा : को कहाँ पुगे ?

३२ सहसचिवको सरुवा : को कहाँ पुगे ?

 

काठमाडौं । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गर्दै ३२ जना सहसचिवको सरुवा गरेको छ ।
मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गएको शुक्रवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको बताइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू गोपाल कुमार अधिकारी र रामबहादुर कुरुम्वाङ्गको सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तरर्गत गरिएको छ ।
सहसचिव हीरामणि शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नारायण प्रसाद सापकोटा र श्रवण कुमार पोखरेललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । सहसचिवहरु ज्ञानेन्द्र प्रसाद ढकाल र टामलाल पाण्डेको सरुवा लोक सेवा आयोग वा अन्तर्गत गरिएको छ ।
यसैगरी टंकप्रसाद पाण्डेको सरुवा अर्थ मन्त्रालयमा गरिएको छ भने बाबुरामा खतिवडालाई प्रदेश नं. १ को लोकसेवा आयोगमा गरिएको छ ।
सहसचिव रुद्र प्रसाद पण्डितको सरुवा भुमि व्यवस्थापन तथा गरीवी निवारण मन्त्रालयमा गरिएको छ भने पद्यनिधि सोतीको सरुवा पनि सोही मन्त्रालय वा अन्तर्गत भएको छ ।
सहसचिव धु्रवराज पण्डितलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र कृष्णप्रसाद तिम्सिनाको सरुवा आदीबासी जनजाती आयोगमा भएको छ ।
बिनु बज्राचार्य कुवँरको सरुवा समान्य मन्त्रालयकै अतिरिक्त समुहमा भएको छ भने अर्का सहसचिव कबिराज पौडेलको सरुवा राष्ट्रिय महिला आयोगमा भएको छ । झलकराम अधिकारीलाई पनि अतिरिक्त समुहमा थन्काइएको छ ।
निराजन घिमिरेलाई भुमि व्यवस्था तथा गरीवी निवारण मन्त्रालयमा लगिएको छ । शिवराम गेलाललाई राष्ट्रिय दलित आयोग र बिष्णुराज ढकाललाई नेपाल ट्रष्टको कार्यालयमा लगिएको छ । बिदुरप्रसाद खनाललाई नेपाल ट्रष्टको कार्यालयबाट युवा तथा खेलकुद मन्त्रालयमा लगिएको छ ।
अन्जन कुमार मिश्रलाई अतिरिक्त समुहबाट राष्ट्रिय मधेशी आयोगमा सरुवा गरिएको छ । शिवनाथ पौडेललाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लगिएको छ ।
युवराज कट्टेलको सरुवा गृह मन्त्रालयमा भएको छ भने शैलजा रेग्मी भट्टराईको सरुवा राष्ट्रपति कार्यालयमा भएको छ । शोभाकान्त पौडेलको सरुवा मन्त्रालयका अतिरिक्त समुहमा भएको छ ।
इन्दुबिक्रम जोशी सुपरिटेण्डेट केमिष्टको सरुवा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयमा भएको छ । प्रेमराज गिरीलाई आन्तरिक महिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशमा गरिएको छ । मदन कोइरालालाई बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयमा लगिएको छ ।
कमल पोखरेलको सरुवा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयमा भएको छ । राजेश्वर ज्ञवाली, यज्ञराज कोइराला र ढुण्डी निरौलाको सरुवा अर्थ मन्त्रालयमा भएको छ ।

लोकप्रिय