स्वतन्त्रता के हो ?

स्वतन्त्रता के हो ?

 

रिता न्यौपाने

साधारण बोलीचालीको भाषामा भन्नुपर्दा बेरोकटोक आफ्नो मनखुसी गर्न पाउनुलाई स्वतन्त्रता भनिन्छ । चाहे त्यो कार्य गर्दा, बोल्दा, जीवनशैली अपनाउँदा, कहीँ कतै जाँदा नै किन नहोस् । मनमुखी र बाहिरी जगतबाट प्रभावित हुने यस्तो स्वतन्त्रताले अन्ततोगत्वा व्यक्तिलाई आफूबाट टाढा लैजान्छ किनकि यसमा अहमता र ममताको भाव प्रशस्त मात्रमा रहन्छ । साथै इन्द्रियमुखी हुने कारण यसले व्यक्तिलाई कमजोर बनाउँदै लैजान्छ ।
अध्यात्मको भाषामा स्वतन्त्रताले वृहत क्षेत्र ओगटेको छ । त्यो स्वतन्त्रताको परिभाषा बुझ्न, जान्न र आफ्नो जीवनमा अनुभूति गर्न सत्यसँग साक्षात्कार गरिसक्नुभएका सद्गुरुदेवको आवश्यकता पर्दछ । परम स्वतन्त्रता अनुभूति गरिसक्नुभएका सद्गुरुदेवबाट मात्र हामी त्यसको सही ज्ञान प्राप्त गर्न सक्दछौं । हामी आफ्नो जीवनमा चार किसिमका सिंढीहरु पार गर्दै गएपछि मात्र त्यो स्वतन्त्रता प्राप्त गर्न सफल हुन्छौं । प्रेम सद्भाव, होस र सजगता बाट मात्र हामी त्यहा पुग्न सक्दछौं ।
पहिलो स्वतन्त्रता अन्तर्गत शरीरको स्वतन्त्रता पर्दछ, जसमा यी शरीरका प्रत्येक अंग प्रत्यंगहरुमा प्रशस्त मात्रामा उर्जाको वितरणद्वारा सहज, सरल र प्रेमले भरिएको शरीर हुनु हो । प्रत्येक इन्द्रियहरुको आफ्नो क्षमता निरन्तर बृद्धि भएको र अन्तरमुखी भएका इन्द्रियहरू बन्नु पर्दछ । शरीरका भित्री अंगहरूमा पनि निर्वाधरूपमा रक्तसञ्चार भएको स्नायु प्रणालीदेखि पाचन प्रक्रिया सबै सन्तुलित हुनु पर्दछ । पाँचवटै कर्मेन्द्रीय पनि पूर्णरुपमा स्वास्थ्य शान्त हुनुको साथमा त्यहाँबाट उर्जा पूर्णरुपमा मुक्त हुनुपर्दछ । यी सबै प्रक्रिया पूरा भएपछि मात्र शरीरले स्वतन्त्रता प्राप्त गर्न सक्दछ ।

निरन्तर आफ्नो इष्टको भक्तिमा रंगिएको प्रेम, करुणा, क्षमा, दया, धैर्यता आदि भावहरु मात्र आउने कसैसँग ईष्र्या, राग, द्वेष आदि नभएको हृदय हुनुपर्दछ । सहज र सरल प्राकृतिक अवस्थाको हृदय जुन निरन्तर अगाडी बढ्न प्रयत्नरत हुनुपर्दछ । यति भएमात्र हृदयबाट हामी स्वतन्त्र बन्न सक्छौं ।

दोस्रो स्वतन्त्रता मनको हुन्छ । सम्पूर्ण इन्द्रीयहरुसँग समभाव राख्दै ति इन्द्रियहरूबाट प्राप्त हुने सूचनाहरूको आधारमा नभई तिनीहरूलाई प्रत्याहार अर्थात् आफूभित्र नै फर्काएर शान्त, सरल निर्मल बनाउनु पर्ने हुन्छ । ज्ञानेन्द्रिय, कर्मेन्द्रीयहरुसँग लिप्त नभएको मन जे छ त्योसँग राजी र निरन्तर नयाँ सृजनाको निमित्त तयारी मन सकारात्मकताले भरिएपछिमात्र हामी मनबाट मुक्त बन्न सक्छौं ।
तेस्रो किसिमको स्वतन्त्रता अन्तर्गत भावनाको हुन्छ । निरन्तर आफ्नो इष्टको भक्तिमा रंगिएको प्रेम, करुणा, क्षमा, दया, धैर्यता आदि भावहरु मात्र आउने कसैसँग ईष्र्या, राग, द्वेष आदि नभएको हृदय हुनुपर्दछ । सहज र सरल प्राकृतिक अवस्थाको हृदय जुन निरन्तर अगाडी बढ्न प्रयत्नरत हुनुपर्दछ । यति भएमात्र हृदयबाट हामी स्वतन्त्र बन्न सक्छौं ।
चौथो तथा अन्तिम स्वतन्त्रता चेतनाको हुन्छ । पूर्णरूपमा होश अनि सजगताले भरिएको चेतना बन्नुपर्छ तब व्यक्तिले सबैमा परमात्मा देख्न सक्दछ । जब सबैमा परमात्मा देख्छ तब उसमा डर, त्रास, भय सबै दुर रहन्छ । जब उ अभयमा उपलब्ध हुन्छ तब मात्र परम स्वतन्त्रता घटित हुन्छ । मानिस पूर्ण बन्न आएको हो । अध्यात्मले मात्र त्यो स्वतन्त्रता दिन्छ ।

पूर्णरूपमा होश अनि सजगताले भरिएको चेतना बन्नुपर्छ तब व्यक्तिले सबैमा परमात्मा देख्न सक्दछ । जब सबैमा परमात्मा देख्छ तब उसमा डर, त्रास, भय सबै दुर रहन्छ । जब उ अभयमा उपलब्ध हुन्छ तब मात्र परम स्वतन्त्रता घटित हुन्छ । मानिस पूर्ण बन्न आएको हो । अध्यात्मले मात्र त्यो स्वतन्त्रता दिन्छ ।

जीवन विज्ञान यस्तो आध्यात्मिक संस्था हो जसले परम स्वतन्त्रताको अनुभुति गराउँछ । पूर्णरूपमा होश र सजगताले भरिनु भएका श्रद्धेय सद्गुरुदेवद्धयको सानिध्यता प्राप्तिपछि बिस्तारै नेती नेती भावका साथमा बिस्तारै व्यक्ति रूपान्तरण हुँदै जान्छ । ध्यानका गहिरा गहिरा प्रयोग पश्चात व्यक्ति बिस्तारै होश र सजग हुँदै साक्षी र भक्तिको साधनामा लीन बन्न जान्छ । अमृतरुपी ब्रह्म वाक्यहरूको सत्संगमा रम्दै रम्दै व्यक्ति अगाडि बढ्छ । हिंडाई, बोलाई, लवाई, खवाई आदिमा सद्गुरुदेवद्धयको होश र सजगताको अनुभूति गर्दै गर्दै व्यक्ति परमार्थ यात्राको साथमा पूर्ण स्वतन्त्रतामा उपलब्ध हुन्छ ।
अन्त्यमा सबैलाई आफ्नो परम स्वतन्त्रता अनुभूति गर्न सद्गुरुदेवको सानिध्य प्राप्त होस् र आफ्नो गुरुसत्ता संगै जोडिने मौका मिलोस ।
जय जीवन विज्ञान †

लोकप्रिय