नेपालमा रोजगारी नपाएपछि पुनः मुग्लान पस्न थाले सुदूरपश्चिका मानिस

नेपालमा रोजगारी नपाएपछि पुनः मुग्लान पस्न थाले सुदूरपश्चिका मानिस

 

काठमाडौँ ।
नेपाली नागरिकहरु रोजगारीका लागी भारत जानेहरुको संख्या दिनप्रति दिन बढ्दै गईरहेको छ । कोरोना महामारीपछि स्वेश भित्रियका नेपालीहरु घर खर्च चलाउन समस्या भएपछि फेरी भारत जान थालेका छन् । अहिले त्रिनगर भन्सार नाकाबाट स्वेशमा रोजगार नभएपछि कमाउन जानेहरुको दैनिक लामो लाईन लाग्ने गरेको छ ।

त्रिनगर भन्सार नाकामा हरेक दिन कोरोना महामारीकै बिच भारत जाने नेपाली नागरिकहरुको ठुलै भिड देखिने गरेको छ । कोरोना भाइरसका बिभिन्न भेरियन्ट फैलिएपछि भारतमा समस्या सहन नसकेरै घर फर्केकाहरु हाल दैनिक बाहिरी रहेका हुन ।
सबैको सहयोगले मात्र कोभिड रोकथाम हुन्छ ः प्रधानमन्त्री संस्थानलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तयारी गर्न अर्थमन्त्रीको निर्देशनजुगेडाका तेजबहादुर सिंह नेपालमा आफ्नो घर खर्च चलाउन समस्या भएका कारण भारत जानका लागी गर्मी सहेर भएपनि लाईनमाबसेका थिए ।

कोरोना महामारीकै पहिलो लहरमै घर फर्केका उनी गरी खाने जग्गा जमिन नहुँदा र घरमा परिवारको भोकै बिचल्ली हुन थालेपछि आफ्नो स्वास्थ्यको प्रवाह नगरी पुनः भारत जान लागेको उनले बताएका हुन् ।उनले भने, आर्थिक स्थिती कमजोर भएका कारण भोकले मर्नु भन्दा बरु रोगले मर्दा बेस आफुमा काम गर्न सक्ने सिप छ तर स्वेशमा लगानी लाउने पैसा नभएका कारण जोखिम सहेर पनि भारत जानुपर्ने बाध्यता रहेको हो । यतिबेला भारतमा कोरोनाको दोस्रो लहरबाट दैनिक ४० हजार सम्म संक्रमित भईरहेका छन । भने तेस्रो लहरको जोखिम पनि बढ्दै गएको विज्ञहरु बताउँछन । भारत कोरोनाले विश्वको पहिलो रुपमा चिनिरहेको छ । आगो झैं फैलिरहेको महामारीको बिचमा नेपालीहरु भारतकै भरमा बाचिरहेको उनको भनाई हो ।
त्रिनगर भन्सार नाका भएर सुदुरपश्चिमका मात्रै नभई कर्णाली प्रदेश, प्रदेश नम्बर ५ लगायत अन्य ठाउंका नेपालीहरु भारतकै भरमा देश छोड्न थालेका छन । भारत जानेहरुमा साना बालबालिका, युवा, महिला देखि लिएर बृद्ध बुद्धाहरु रहेका छन । देशमा तिनै तहका सरकार आए तर कार्यकाल समाप्त हुनै लाग्दा पनि जनताले अरु देशको भरमा गुजारा गर्नु परिरहेको भारत जानेहरुको गुनासो रहेको छ ।

लोकप्रिय