बिशेष महाधिबेशन कि बार्गेनिंगको दबाब ?

बिशेष महाधिबेशन कि बार्गेनिंगको दबाब ?

 

नेपाली काँग्रेशका नेताहरु अहिले आफ्नो चौधौं महाधिबेशन को नयाँ मितिको घोषणाको पर्खाईमाछन् । शीर्ष नेतृत्व भने पटक पक सारेर भित्तामा पुर्याईएको महाधिबेशनको मिति निर्धारित भाद्र १६-१९मा काठमाण्डौमा गर्न नसकिने वास्तबिकतालाई कुन शीर्षक दिएर पन्छाउने र दोष अर्को पक्षलाई दिएर आफु पानी माथिको ओभानो बन्ने रणनीतिक दाउमाछ, ताकि साँचै महाधिबेशन हुँदा आफ्नो पल्लाभारी होस ।

नेपालको संबिधान र नेपाली काँग्रेशको बिधान अनि राजनैतिक दल सम्बन्धि ऐनका ब्यबस्था अनुसार कुनै पनि राजनैतिक दलले आफ्नो नियमित अधिबेशन ढिलोमा सांढे पाँच बर्ष भित्र गरिसकेर निर्वाचान आयोगलाई जानकारी दिनु पर्छ, अध्याबदिक गर्नु पर्छ । यस हिसाबले अब नेपालको संबिधान, निर्वाचन आयोग सम्बन्धि कानुनका प्वालहरु र सर्वोच्च अदालतबाट स्थापित नजिरहरुको आफु अनुकुल ब्याख्या गरेर नेपाली काँग्रेशले भाद्रमा हुने भनि तोकिएको मिति पर सार्नुको बिकल्प यस कारण पनि छैन कि, भाद्र १६ -१९ मा अधिबेशन गर्ने अबस्था बिध्यमान छैन । महाधिबेशन गर्न पहिला त नेपाली काँग्रेशको क्रियाशील सदश्यहरुको अन्तिम नामावली बिधिवत प्रकाशित हुनु पर्यो , जुन आज सम्म त्यो प्रकासित गर्नु त के अन्तिम टुँगो समेत लागिसकेको छैन ।

नेपाली काँग्रेश सम्बद्व निर्र्वाचन समिति भन्छ , ‘क्रियाशील सदस्यताको नामावली निर्वाचन समितिलाई दिएको दिनबाट ५३ दिनमा महाधिबेशन संभव छ ‘। निर्वाचन समितिको यस भनाईबाट प्रष्टहुन्छ , श्रावण २५ गते सम्म सदश्यको अन्तिम टुंगो लागेको छैन ।अब प्रकिया छोट्टयाएर मात्र संभव छ त ? शीर्ष नेताहरुले यता पनि त ध्यान दिनु आबश्यक छ , हैन र ?

जे होस, अहिले सम्मको घोषित मितिमा महाधिबेशन नहुने निश्चित छ, यसको घोषणा महामन्त्री शशांक कोइरालाले गरिसक्नु भएकोछ, अब बरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी सभापति शेर बहादुर देउवाले मुख खोल्न बाँकि छ , जुन २८ गते बस्ने केन्द्रिय समितिको छलफलका दौरान, बाध्यभएर मुख खोल्नुहुनेछ ।हुन सक्छ २८ गते डाकिएको बैठक बरु अघिल्लै दिन डाक्न पनि संभव छ। अबको बैठकले निचोड अनिवार्य रुपमा दिनै पर्छ, अलमल हुदैन ।

महाधिबेशनको म्याद छौन्जेल शीर्ष नेतृत्वले आलटाल गरि बस्यो, सभापतीको जिम्मेवारी बढी हुनुपर्ने , एकक्षणलाई मानौ, के सभापतीका निकटतम प्रतिद्वन्दी बरिष्ठ नेता राम चन्द्र पौडेलले पहिलेनै पटक-पटक मिति पन्छाउँदा पाखुरा सुर्केर रोक्न सक्नु हुन्नथियो ? जति सभापतीले लंघार्नु भयो, प्रतिपक्षीय नेता पौडेल पनि कम दोषि हुनुहुँदैन , आलटालमा भन्नथालेकाछन, काँग्रेश कार्यकर्ताहरु ।

हिजो पौडेल निकट केहि जिल्ला सभापतिहरुको भेला काठमाण्डौमा भयो , उनिहरुको निचोड पनि तोकिएको मितिमा महाधिबेशन संभव नभएको नै देखियो, जोड चैं क्रियाशील सदश्यतापार्दर्शी बनाउने र वयभसाईटमा राख्नेमा दिईयो । जव कि क्रियाशील सदश्यता मुल जड हो ‘हलो’ यहिं अड्कियो , क्रियाशील सदस्यताको बिबाद समाधान नभै गाउँ र नगर वडा तहको अधिबेशन संभव छ ? शशांक निवासमा रामचन्द्र समुहका नेताहरु जम्मा भए ।
यति मात्र हैन बरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सन्जालबाट मुख खोले’ सर्वत्त्र असफल’ अगेडा-बगेडा ।आफैंले तानेर लैजाने र देउवालाई प्रधान मन्त्रीको कुर्सीमा बसाउने अनि असफल भन्ने ? बिषं परिस्थितिमा पाँच-पाँच पटक प्रधानमन्त्री बनेका असफल, १७ पल्ट प्रधानमन्त्रीको निर्वाचनमा आफुले पराजय भोगेको चैं नबिर्सन पनि पौडेल लाई पौडेलका मतदाताले स्मरण गराईदिन आग्रह गर्न थालेकाछन् ।

अब बस्ने केन्द्रिय समितिले छिटै महाधिबेशनको छिनो-फानो गर्ने नैछ । उता आफु निकट सभापतिहरुको भेला, आफ्ना निकट केही पुर्व पदाधिकारीहरुको बैठकबाट पार्टी सभापती एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई दबाब बढाएर बिशेष अधिबेशन गराउने कि अब बिस्तार हुने मन्त्री मण्डलमा थप कोटा लिएर टुँगो पुर्याईनेहो, धेरै कुर्नु पर्ने छैन । पौडेलले सभापतीलाई दबाब मात्र बढाएर हुँदैन पहिले त आफ्ना पुराना टिमलाई समेट्न सक्नु पर्छ । सर्वसम्मत उम्मेदबार देखाउनु पर्छ जसमा स्वयं रामचन्द्र पौडेलले बाजी मार्ने संभावना ज्यादै न्यून छ । प्रकाशमान सिंह, अर्जुन नरसिंह,शेखर र शशांकले सभापतीमा दाबी गरेकाछन् । अनि चिटचिटाहटमा प्रधानमन्त्री एवं पार्टी सभापती देउवालाई बिशेष अधिबेशनको अड्को थापेर, उदियमान कार्य कर्ताहरुलाई अबसरबाट ‘बन्चित ‘गराउने अबस्था नकार्न सकिन्न ।

लोकप्रिय