काँग्रेस भक्तपुर–२ : इतिहास, वर्तमान र भविष्यको यात्रा
भक्तपुर । नेपाली कांग्रेस क्षेत्र नं. २ को कार्यालय घलातेस्थित आज आयोजित कार्यक्रममा बागमती प्रदेशका माननीय संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठलाई बधाई तथा शुभकामना दिइयो। यो केवल एक औपचारिकता मात्र थिएन, यो कांग्रेस भक्तपुर–२ ले आफ्नो नेतृत्व क्षमताको प्रदर्शन गरेको क्षण पनि थियो। विद्यार्थी राजनीतिबाट उदाएका श्रेष्ठ युवा नेतृत्वको उत्कृष्ट उदाहरण हुन्। आज प्रदेश मन्त्री बनेका उनी भोलि देशकै निर्णायक भूमिकामा पुग्ने सामर्थ्य राख्छन् भन्ने आशा कार्यकर्तामाझ छ।
यस सन्दर्भमा क्षेत्रीय सभापति श्री भेषबहादुर कार्कीको योगदान विशेष उल्लेखनीय छ। राजनीतिलाई केवल पद प्राप्तिको माध्यम नभई, योग्य र सक्षम नेतालाई अवसर दिने एउटा प्रक्रियाको रूपमा व्याख्या गर्ने दृष्टिकोण उनीसँग छ। सुरेश श्रेष्ठलाई मन्त्री बनाउन उनले खेलेको पहलकदमी यसको स्पष्ट प्रमाण हो।
त्यसैगरी, गत चुनावमा क्षेत्रीय सभापति कार्कीले आफ्नै क्षेत्रमा दुर्लभ थापालाई टिकट दिलाउनदेखि चुनाव जिताउन उबिथभम भूमिका अझै स्मरणीय छ। आज दुर्लभ थापा संघीय सांसद बनेका छन्, र अब उनलाई संघीय मन्त्री बनाउने अभियानमा कार्की निरन्तर सक्रिय छन्। उनले यसै उद्देश्यका लागि कांग्रेसका केन्द्रीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै क्षेत्रीय कार्यलयमा आमन्त्रण गरी दुर्लभ थापाको नाम सिफारिस गर्नसमेत पछि परेनन्। यो केवल व्यक्तिगत सम्बन्ध वा आग्रह होइन, यो भविष्यप्रतिको दृढ दृष्टिकोण हो—‘युवा नेतृत्वलाई अवसर दिनु पर्छ, देशले काँचुली फेर्छ भनेको सत्य यही बाटो हो’ भन्ने विश्वास।
भक्तपुर कांग्रेसको इतिहास गौरवमय छ। राणा शासनविरुद्धको संघर्षदेखि लोकतन्त्र र गणतन्त्रको लहरसम्म, यहाँका कार्यकर्ताले सदैव अग्रणी भूमिका खेलेका छन्। वर्तमानमा भक्तपुरले सुरेश श्रेष्ठ जस्ता मन्त्री, दुर्लभ थापा जस्ता संघीय सांसद, र अन्य थुप्रै स्थानीय तहका नेतृत्व दिएर आफ्नो शक्ति प्रमाणित गरिसकेको छ।
भविष्य अझै उज्ज्वल देखिन्छ। युवा पुस्ताले कांग्रेसलाई आफ्नो भरोसाको पार्टी बनाउँदै लगेको छ। त्याग, समर्पण र इमान्दारिताको बाटोमै कांग्रेस भक्तपुर अघि बढिरहेको छ। यदि यही ढंगले योग्यतालाई सम्मान दिइयो भने, भक्तपुर मात्र होइन, पूरा नेपालमा कांग्रेसले पुनः आफ्नो प्रभुत्व स्थापित गर्नेछ।
आज घलातेको कार्यक्रमले हामीलाई एउटा सन्देश दिन्छ—भक्तपुर कांग्रेस केवल अतीतको गौरव बोकेर बस्दैन, यो वर्तमानमा जिम्मेवारीसहित सक्रिय छ र भविष्यको नयाँ अध्याय लेख्न तयार छ।
नेपालको लोकतान्त्रिक इतिहासलाई पल्टाउँदा भक्तपुर सदैव अग्रपंक्तिमा उभिएको जिल्ला हो। राष्ट्रिय आन्दोलनका निर्णायक क्षणमा यहाँका कांग्रेस कार्यकर्ताहरूले गरेको योगदान अविस्मरणीय छ। यही ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ अहिले नयाँ उत्साह, नयाँ ऊर्जा र भविष्यको स्पष्ट दिशासहित अघि बढिरहेको छ।


प्रतिकृया दिनुहोस्