कांग्रेसको कानुन विभागमा दश सदस्य मनोनित

कांग्रेसको कानुन विभागमा दश सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले  कानुन विभागमा १० सदस्य मनोनयन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम विभागमा शुक्रबार १० जनालाई सदस्यमा मनोनयन गरेका हुन् ।  

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, विभागमा कञ्चनपुरका शिवराज पाण्डे, सुर्खेतका कमलबहादुर खत्री र ध्रुव श्रेष्ठ, कास्कीका दुर्गाबहादुर सुनार र दाङका दीपकराज गौतम विभाग सदस्य बनेका हुन् ।

यस्तै रुकुम पश्चिमका रामचन्द्र गौतम, धादिङका खिल गिरी, काभ्रेकी मन्दिरा शर्मा, धनुषाका अनिलकुमार कर्ण र संखुवासभाकी शोभाघिमिरे पनि विभाग सदस्यमा मनोनयन भएको पौडेलको विज्ञप्तिमा उल्लेख छ । 

लोकप्रिय