गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी

गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी

 

काठमाडौं । सरकारले अछामसहित ५ जिल्लामा अनुभवी उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारी ९सिडिओ० को जिम्मेवारीमा खटाएको छ । गृह मन्त्रालयले अछाम, तेह्रथुम, मुस्ताङ, बाजुरा र रोल्पामा काबिल उपसचिवहरुलाई जिम्मेवारीमा खटाएको छ ।
मन्त्रालयले अछामको सिडिओमा अध्यागमन बिभागको प्रशासन शाखा प्रमुखमा कार्यरत उपसचिव टिकाराम ढकाललाई खटाएको छ । उनी निजामति प्रशासनमा अनुभवी, कार्य सम्पादनमा उत्कृष्ट र दिएको जिम्मेवारी उचित ढंगले पूरा गर्नसक्ने इमान्दार कर्मचारीका रुपमा चिनिन्छन ।
मन्त्रालयका अनुसार तेह्रथुमको सिडिओमा अशोक काफ्लेले बाजी मारेका छन् । यसैगरी, बाजुराको सिडिओमा मुक्तिराम अर्याल, मुस्ताङमा भने उपसचिव पर्शुराम पोखरेललाई खटाइएको छ ।
यस्तै मन्त्रालयले रोल्पाको सिडिओमा भने सुरेश सुनारलाई खटाइएको छ । माथि उल्लेखित उपसचिवहरु मध्ये काफ्ले कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत रहेका छन भने अर्याल काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारीको भुमिकामा रहेको बताइन्छ ।
त्यस्तै उपसचिवत्रय पोखरेल गृह मन्त्रालय, ढकाल अध्यागमन विभाग र सुनार भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत रहेका थिए । मन्त्रालयले बाजुराका सिडिओ डोरेन्द्र निरौला अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्टिय विमानस्थल कार्यालयमा सरुवा गरेको छ । यसैगरी अछामका सिडिओ रहेका यज्ञबहादुर बुढालाई बाँकेको सहायक र मुस्ताङको सिडिओको भुमिकामा रहेकी अजिता शर्मालाई भने मन्त्रालय सरूवा गरेको छ।
मन्त्रालयले तेह्रथुमको सिडिओको भुमिकामा रहेकी उपसचिव बन्दना राईलाई भने कञ्चनपुरको स्थानीय तहमा सरूवा गरेको छ । सोही कारण रिक्तपदमा नयाँ कर्मचारीहरुलाई सिडिओको भुमिकामा खटाएको मन्त्रालयस्रोतले जानकारी दिएको छ ।

 

लोकप्रिय