अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
भक्तपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत प्रजातान्त्रिक सेनानी संघको तर्फबाट भक्तपुर क्षेत्र नं २ का अग्रज नेता रामगोपाल न्यौपाने सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।
वि.सं. २०१५ सालमा हजुरबुबा नेपाली कांग्रेसको तर्फबाट निर्वाचनमा होमिएका ऐतिहासिक दिनदेखि न्यौपाने परिवारको कांग्रेससँगको सम्बन्ध राजनीतिकभन्दा माथि उठेर विचार, आस्था र समर्पणको पारिवारिक विरासत बनेको छ । वि.सं. २०२६ सालदेखि निरन्तर ५६ वर्षसम्म लोकतन्त्र र प्रजातान्त्रिक आन्दोलनमा समर्पित यस परिवारको योगदानलाई यस सम्मानले थप उजागर गरेको छ ।
टोल–इकाइ, क्षेत्र, नगर, जिल्ला, भ्रातृ तथा शुभेच्छुक संस्था र ट्रेड युनियनलगायत पार्टीका विभिन्न तहमा निरन्तर सक्रिय रहँदै आएका न्यौपानेको यो चयन दशकौँको संघर्ष र धैर्यमाथिको सम्मानको रूपमा लिइएको छ ।
यस अवसरमा नगर सभापति, वडा सभापति, क्षेत्रीय प्रतिनिधि लगायत सम्पूर्ण कांग्रेसजनप्रति परिवारले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
न हतार, न निराशा—निष्ठाको यात्रा निरन्तर रहोस् भन्ने मूल सन्देशसहित उनको यो सम्मानलाई अन्तिम गन्तव्य नभई निरन्तर यात्राको अर्को जिम्मेवारीका रूपमा लिइएको परिवारले जनाएको छ ।


लेखकको सम्वन्धमा