आयल निगम घाटामा किन ?

आयल निगम  घाटामा किन ?

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको लागत मूल्यको ३ प्रतिशत मुनाफा राखेर मूल्य तोक्नुपर्ने भनाईहरु बाहिर आएका छन । तर, सो अनुसार सरकारले सोही अनुसारको निर्देशन नदिएको कारण निगमलाई पाक्षिक रूपमा ३ अर्ब २० करोड ३८ लाख घाटा हुने स्थिति आएको गुनासाहरु बाहिर आउन थालेका छन ।
सरकारको यही रवैरा रही रहेको खण्डमा आगामी दिनमा निगमको घाटा बढदै गयो भने एक वर्षमा ७६ अर्ब ६० करोड रकम पुग्ने अनुमान भइरहेको छ । अवका दिनमा पनि सरकारले यो बिषयलाई नजरअन्दार गरेको खण्डमा आगामी ६ महिनाभित्र निगमले इण्डियन आयल कर्पाेरेसनको रकम भुक्तानी गर्न नस्कने अवस्था आउनसक्ने आकंलन निगमका कर्मचारीहरुले गर्न थालेका छन ।
सोही कारण निगमलाई इण्डियन आयल कर्पाेरेसनले पेट्रोलियम पदार्थको कोटा घटाउन थाल्यो भने मुलुकमा पेट्रोलियम पदार्थ र ग्यासको ठुलो हाहाकार हुनसक्ने अनुमान गर्न कुनै कठिनाई हुने छैन ।
त्यसैले निगमलाई लागत मुल्यमा ३ प्रतिशत मुनाफा राखेर मूल्य निर्धारण गर्न सरकारले स्वतन्त्र छाडिदिनु पने भनाईहरु जानकारहरुले बताउन थालेका छन । होइन भने निगम घाटामा गएर टाट पल्टिने र भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न नसक्ने अवस्थामा आउनसक्ने अनुमान गर्न थालिएको छ। त्यसकारण सरकारले नागरिकलाई पेट्रोलियम पदार्थमा अनुदान रकम दिन सक्दैन । साथै संधै दिइरहनु पनि हुँदैन भन्ने भनाईहरुसमेत बाहिर आइरहेका छन ।

लोकप्रिय