आदिवासी जनजाति आयोगको ६ दिने चीन भ्रमण सम्पन्न
काठमाडौँ । आदिवासी जनजाति आयोगले छिमेकी देश चीनको ६ दिने भ्रमण सम्पन्न गरेको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधि मण्डल मंगलबार (असोज १ गते) चीनको भ्रमणमा निश्किएको थियो । भने टोली आईतबार (असोज ६ गते) स्वदेश फर्कीएको हो ।
चीनको राष्ट्रिय जनजाति मामिला आयोगका मन्त्री प्यान यूको निमन्त्रणामा नेपाली टोली भ्रमणको लागि पुगेको थियो । भ्रमणको मुख्य उद्देश्य आदिवासी जनजाति अयोग नेपाल र गणतन्त्र चीनको जाजाति मामिला आयोग बीच मैत्रिपूर्ण सम्बन्ध स्थापना गर्न र आर्थिक समृद्धिको लागि सहयोग आदान प्रदान गर्ने रहेको आयोगका अध्यष थापामगरले जानकारी दिएका छन् ।
भ्रमणको क्रममा नेपाली टोलीले चीनको राजधानी बेइजीङस्थित महत्वपूर्ण स्थलहरु जस्तैः माओ स्मृति हल, फरबिडन सिटि, स्वेतचैत्य मिन्जु स्थित आदिवासी संस्कृति र पुराना पुस्तकहरु राखिएको चाइनिज प्यालेस अफ इथिक्स कल्चर प्रदर्शनी लगायतको अवलोकन गरेको थियो ।
टोलीले राष्ट्रिय जनजाति मामिला आयोगका मन्त्री प्यान यू संग सिष्टाचार भेटवार्ता गरेको थियो । भेटको क्रममा आयोगका अध्यक्ष थापामगरले नेपाल र चीन बिच कुटनीतिक सम्बन्ध औपचारिक रुपमा थप प्रगाढ बनाउन जरुरी रहेको र आदिवासी मामिला हेर्ने आयोगले सहकार्य गरी सांस्कृतिक, आर्थिक तथा सामाजिक समृद्धिको लागि सम्बन्ध बलियो बनाउने बताए ।
भेटमा नेपाली पक्षले संस्कृतिको आदानप्रदान, प्रविधिको आदानप्रदान, अध्ययन अनुसन्धान कार्यको आदानप्रदान, विद्यार्थीको आदानप्रदान, विश्वविद्यालयमा प्राध्यापकहरुको आदानप्रदान र अध्ययन केन्द्रको स्थापना र कुटनीतिक भ्रमणको आदानप्रदान जस्ता बिषयहरुमा छलफल भएको थियो । भेटको क्रममा मन्त्री प्यान यूले नेपाल र चीन बिचको सम्बन्ध भौगोलिक रुपमा एक आपसमा घनिष्ट रहेको भन्दै आयोगको भ्रमणले थप सम्बन्ध प्रगाढ बनाएको बताए ।
भ्रमणको क्रममा टोलीले सिचुवान प्रान्तका स्थानीय कमिटि, चीनको जन कांग्रेसको राष्ट्रिय जनजाति मामिला आयोग र मिन्जु विश्वविद्यालय पार्टी मिमिटिका पदाधिकारीहरु संग समेत भेटवार्ता लगायतका कार्यहरु गरेको आयोगले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्