नेपालमा लाइभ कन्सर्ट गर्दै अभिजित भट्टाचार्य

नेपालमा लाइभ कन्सर्ट गर्दै अभिजित भट्टाचार्य

 

काठमाडौं । ९० को दशकका असंख्य चर्चित बलिउड गीतका आवाज, प्रख्यात पार्श्व गायक अभिजीत भट्टाचार्य पहिलो पटक नेपालको मञ्चमा प्रस्तुति दिन तयार भएका छन्। लाइभ कन्सर्ट इन नेपाल—अभिजीत भट्टाचार्य आगामी २०२६ जुन २० गते, काठमाडौंको ठमेलस्थित क्लब नोभा (नेपालकै सबैभन्दा ठूलो क्लब) मा हुने भएको छ।
साँझ ७ : ०० बजे प्रवेशद्वार खुल्नेछ भने लाइभ कन्सर्ट ७ : ३० बजेबाट सुरु हुनेछ। उनको कालजयी गीतहरूः मै कोहि यैसा गीत गाउँ , तुम दिल कि धड्कन मै, मेरे खयालोकी मल्लिका जस्ता हजारौं गीतहरू रहेका छन।
यस ऐतिहासिक कन्सर्टको आयोजना नेपाल साङ्गीतिक संघले गरेको हो भने व्यवस्थापनको जिम्मा साधना कला केन्द्रले लिएको छ। यो कार्यक्रम बीबीटीएम फाउन्डेसनको हितमा आयोजित एक परोपकारी (च्यारिटी) कन्सर्ट हो। भारतका ए(क्लास सङ्गीतकारहरूको साथमा अभिजीतले आफ्ना कालजयी हिन्दी गीतका साथसाथै  नेपाली श्रोताको मन छुने नेपाली गीतहरू पनि प्रस्तुत गर्नेछन् — जुन गीतहरू पुस्तौँदेखि सदाबहार बनेका छन्।

लोकप्रिय