रोजगारी खोज्दै भदौमा मात्रै ५७ हजार नेपाली बिदेसिए, कति फर्कीए ?

रोजगारी खोज्दै भदौमा मात्रै ५७ हजार नेपाली बिदेसिए, कति फर्कीए ?

काठमाडौँ । नेपालबाट भदौ महिनामा वैदेशिक रोजगारीमा ५७ हजार ४९३ जना नेपाली गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली बिदेसिएका छन् । भने १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

त्यसरी बाहिरिनेमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । म्यानपावर कम्पनी मार्फत २९ हजार ५२८ जना गएका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जना गएका छन् । त्यस्तै जीटुजी मार्फत एक हजार ३ जना गएका छन् ।

भदौ महिनामा सबैभन्दा बढी युएईमा गएका छन् । यूएईमा १८ हजार ६०५ जना नेपाली गएका छन् । त्यस्तै कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५, कुवेतमा चार हजार २१५, रोमानियामा एक हजार ८८८ जना नेपाली गएको विभागको तथ्याङ्क छ ।
मलेसिया जाने श्रमिकमा भने व्यापक गिरावट आएको छ । कुनै समय प्रमुख श्रम गन्तव्य मुलुक रहेको मलेसियामा भदौ महिनामा भने एक हजार १९५ श्रमिक गएका छन् । यो एक महिनाको अवधिमा कति नेपाल स्वदेश फर्कीए भन्ने तथ्याङ्क सरकारले सार्वजनिक गरेको छैन् ।

लोकप्रिय