चीन भ्रमण छोट्याएर फर्किए रास्वपाका नेताहरु

चीन भ्रमण छोट्याएर फर्किए रास्वपाका नेताहरु

काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू स्वदेश फर्किएका छन् । उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको टोली आज फर्किएको हो । गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरू फकिएका हुन् ।

१० दिनको भ्रमणलाई छोट्याएर आफूहरू आज फर्किएको उपसभापति वाग्लेले बताए । आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने उनेल बताए । उनीहरुले शनिवार चीन गएका थिए ।

भ्रमण टोलीमा उपसभापति वाग्लेसहित अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ रहेका छन् ।

लोकप्रिय