बाढीपहिरोबाट देशभर ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता
काठमाडौ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभर १ सय १२ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएकाछन् भने एक सय जना घाइते भएका छन् ।
सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञानविभागले जनाएको छ ।
काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।
शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ताऋषिराम तिवारीले जानकारी दिए । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन्।
विभागका अनुसार आज (आईतबार)बाट मौसममा सुधार आएको छ भने आज केहि थोरै स्थानमा बर्षाको सम्भावना रहेको छ ।


प्रतिकृया दिनुहोस्