अमेरिकाको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किँदै, आजै मन्त्रिपरिषद्को बैठक बस्ने

अमेरिकाको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किँदै, आजै मन्त्रिपरिषद्को बैठक बस्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो ४ बजे स्वदेश आइपुग्ने कार्यक्रम रहेको छ ।

स्वदेश फर्किएको एक घण्टापछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढीपहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् ।

गत ४ असोजमा संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका थिए । उनले १० असोजमा महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग वार्ता गरेका थिए ।

 

लोकप्रिय