दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमाछाड्न आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराध सम्बन्धी दुईवटाकसुरमा प्रसाईंसँग ५०/५० हजार रुपैयाँ धरौटी मागेको हो ।
साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक बहस भएकाले प्रसाईंले एक लाख रुपैयाँ धरौटीबुझाउनुपर्नेछ । प्रसाईं नौ दिन अघि पक्राउ परेका थिए ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजायमागदाबीसहित मुद्दा दायर गरिएको थियो ।


प्रतिकृया दिनुहोस्