दशैँको मुखमा प्रकृतिक प्रकोपको कहरः त्रासका बिच यात्रा गर्न बाध्य छन् यात्रुहरु
काठमाडौँ । यहि असोज ११ र १२ गते आएको बर्षाका कारण देशका अधिकांश सडकको अवस्था दयनिय छ । संघीय राजधानी काठमाडौँबाट देशका अधिकांश क्षेत्रमा जाने सवारी साधनले सकस व्यहोरीरहेका छन् । दशैको समयमा देशका पूर्व देखि पश्चिम सम्म जाने नाकाहरुमा सकस आउँदा यात्रुहरु त्रासका बिच यात्रा गर्न बाध्य छन् भने कैयाँैले दशैँमा घर जानको लागि टिकट नपाउँदा बसपार्कमा अलपत्र छन् ।
दशैँको लागि खुलाइएको अग्रिम टिकट बुकिङ धेरै जसो बन्द भइसकेको छ भने अन्य केहि क्षेत्रमा पनि बन्द गर्ने तयारी गरिएको छ । राजमार्गहरु विशेष गरी बिपी राजमार्ग, काठमाडौँ–मुग्लिन–चितवन सडक खण्ड, पृथ्वी राजमार्ग, चितवन–बुटवल सडक खण्ड, काठमाडौँ दोलखा, सिन्धुपाल्चोक, भोटेकोशी क्षेत्र लगायतका क्षेत्रहरुमा धेरै मात्रामा सडक बिग्रिएकोले दशैँमा यात्रा गर्न यात्रुहरुलाई सकस भइरहेको छ ।
त्यस कारणले पनि यसपालीको दशैँमा यात्रुहरुले दशैँ, तिहार जस्ता चाडपर्वहरुमा पति पर्वको अनुभूति गर्न सकेका छैनन् भने त्रासका बिच यात्रा गर्न बाध्य छन् । ‘गत बर्षको तुलनामा यो बर्ष यात्रा गर्न त्यति सहज छैन्,’ बिहीबार काठमाडौँको नयाँ बसपार्कमा भेटिएका कालिकोटका ज्ञानेन्द्र शाहीले भने, ‘गत बर्ष सहजै रुपमा घर पुगेका थियौँ तर यो बर्ष कता कता डरका बिच घर जान लागेका छौँ । पानी पर्ने डर उत्तिकै छ भने बाटोमा जाम तथा अन्य कारणले सडक अवरुद्ध हुने हो की भन्ने चिन्ता पनि छ ।’ दशैँ बिदा भएपछि घर जान लागेका शाहीले टिकटको लागि दुई दिन देखि घाएको समेत बताए ।
अग्रिम टिकट बन्द भए संगै घर जाने टिकट नपाउँदा सकस भइरहेको धरानका रमेश राईले बताउँछन् । ‘दुई दिन देखि बसपार्कमा टिकट खोजीरहेको छु तर पाएको छैन् ।’ उनले भने, ‘बिपी राजमार्ग अवरुद्ध भए संगै घर जान एकदमै सकस भइरहेको छ । बसपार्कमा आउँदा टिकट पाउँदैन । गाडीवालाहरुले भन्छन की सिट प्याक छ मुडामा बसेर जाने भए मिलाएर लगिदिउँला नत्र त सम्भव छैन् ।’ मुडामै बसेर भएपनि घर जानको लागि तयार भएको उनले बताए ।
दशैँको समयमा यात्रुहरुको थेगिनसक्नुको भिँड भएकाले सबैलाई गन्तव्य स्थलमा पुर्याउन एकदमै सकस भइरहेको यातायात व्यवसायीहरुले बताएका छन् । घटस्थापना भन्दा केहि दिन अघिबाट राजधानी तथा अन्य क्षेत्रबाट विभिन्न जिल्लाहरुका आ–आफ्नो घर जानको लागि यात्रुहरुको लाइन लाग्ने गर्दछ तर यो बर्ष ति दिनहरुमा निरन्तरको बर्षाका कारण ठूलो जनधनको क्षति भए संगै समयमै यात्रुहरुले घर जान सकेका छैनन् भने सडक संरचनाहरु एकदमै ध्वस्त अवस्थामा छन् । त्यसैले पनि यो बर्षको दशैँमा काठमाडौँबाट बाहिरिने सबै यात्रुहरुलाई गन्तव्य स्थानमा पुर्याउन चुनौती थपिएको छ ।
तथ्याङ्क अनुसार दशैमा संघीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाहरुमा झण्डै २० लाखको हाराहारीमा यात्रुहरु विभिन्न जिल्लामा जाने गर्दछन् । तर यो बर्ष दशैँको मुखमा आएको प्राकृतिक प्रकोपका कारण ठूलो बिनास भए संगै यात्रुहरुले सकजै रुपमा आ–आफ्नो घर जाने पाएका छैनन् भने यात्रा गर्नेले पनि एकदमै त्रास पूर्ण अवस्थामा यात्रा गरीरहेका छन् ।
अधिकांश राजमार्गहरुको अवस्था नाझुक
दशैको समयमा आएको मनुसनी भारी बर्षाका कारण अहिले सम्म २३३ जनाले ज्यान गुमाएका छन् भने २२ मानिसहरु अझै बेपत्ता अवस्थामा छन् । उनीहरुको खोजीकार्य भइरहेको छन् । देशका सडकहरुको अवस्था दुरा अवस्थामा छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मत सम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।
राजमार्गको अवस्था ददर्नाक नहुँदा दसैँका लागि पोका–पुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँ–ठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । प्राकृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाएझैँ हुने हो कि भन्ने त्रासमा यात्रु छन् ।
सडक विभागका अनुसार अहिलेसम्म प्रारम्भिक विवरण अनुसार बाढीपहिरोबाट सडक र पुलमा २ अर्ब ५२ करोड रुपैयाँको क्षति भएको छ । सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माका अनुसार कुल २१ हजार पाँच सय मिटर सडकमा क्षति पुगेको छ । यो मर्मतका लागि एक अर्ब ५० करोड बढी लागत लाग्ने उनी बताउँछन् । यति मात्र होइन् बाढी पहिरोका कारण देशैँभर स्थानीयले भित्राउने तयारी गरेको पाकेको धानबाली नष्ट भएको छन् भने सयौँ घरवार बिहिन भएका छन् । यसबाट राज्यले अरबौँको नोक्सान व्यहोरेको छ ।


प्रतिकृया दिनुहोस्