आजदेखि देशैभर खसीबोका बिक्री खुला

आजदेखि देशैभर खसीबोका बिक्री खुला

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । 

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो ।यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुला गरिएकोकम्पनीले जनाएको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको जानकारी दिइन् ।हेटौँडाबाट पहिलो लटमा

२०८ खसीबोका आइपुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उनको भनाइ छ ।  

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याएको छ । चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्राखरिद गरेर बिक्री गर्ने गर्छ । यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ ।

निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । दशैमा ठुलो सङ्ख्यामा खसीबोकाकोखपत हुने हुंदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरि उपत्यका ल्याएर बिक्री गर्छन् । 

लोकप्रिय