सहकारी ठगीको आरोपमा रवि लामिछाने पक्राउ, पोखरा लगिदै
काठमाडौँ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउगरिएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमतिलिइएको केही घण्टामै प्रहरीको सिआइबीले उनलाई काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको हो ।
उनलाई आजै पोखरा लैजाने तयारी गरिएको छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमागएको अनुसन्धानबाट खुलेको छ । उक्त रकम लामिछानेले परिचालन गरेको पाइएको छ ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिनविशेष समितिले निष्कर्ष निकालेको थियो । सोही आधारमा कारबाही सिफारिससमेत गरिएको थियो ।


प्रतिकृया दिनुहोस्