सभापति पक्राउको विरोधमा रास्वपाले काठमाडौं र पोखरामा प्रदर्शन गर्दै
काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं र पोखरामा विरोध प्रदर्शन गर्ने भएकोछ ।
शनिबार बिहान ११ बजे पोखराको चिप्लेढुंगामा र दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन आयोजना गरिएकोरास्वपाले जानकारी दिएको छ ।
सहकारीको बचत अपचलनको अभियोगमा रास्वपा सभापति लामिछाने शुक्रबार पक्राउ परेका थिए । उनलाई शुक्रबार राति नै पोखरालगिएको थियो । सडकमार्ग हुँदै पोखरा पुर्याइएको सभापति लामिछानेलाई बिहान ३ बजे हिरासतमा लिइएको थियो ।
रास्वपाले यस प्रकरणलाई राजनीतिक प्रतिशोधका रूपमा लिएको छ । यसविरूद्ध विरोधमा उत्रिन पार्टीले संस्थागतरूपमै आह्वान गरेकोहो । सभापति लामिछाने पक्राउको विरोध गर्दै रास्वपाले शुक्रबार नै विज्ञप्ति निकालेको थियो ।
‘हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गरिएको पक्राउप्रति हामी घोर भर्त्सना गर्दछौं,’ रास्वपालेविज्ञप्तिमार्फत् भनेको थियो, ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टी गरेको अवस्थामा सोहीमुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याइ छ ।’
यद्यपि रास्वपाले विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको बताएको थियो ।


प्रतिकृया दिनुहोस्