ओली प्रधानमन्त्री हुनु देशका लागि दुर्भाग्यपूर्ण – सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेले केपी ओली यो देशको प्रधानमन्त्री हुनु देशको दुर्भाग्य रहेको बताएका छन् । ओली देशमा भ्रष्टाचारको जगमा उभिएको उनको भनाइ छ ।
जिल्ला अदालत जाने क्रममा पत्रकारसँग बोल्दै उनले न्यायको पक्षमा सारा जनता सडकमा ओर्लिन पनि आव्हान गरेका छन् । सहकारी ठगीको मुद्धामा उनी यतिबेला कास्की प्रहरीको हिरासतमा रहेका छन् । उनलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको हो ।


प्रतिकृया दिनुहोस्