रास्वपा सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबारबाट लागू हुने गरी अदालतले ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले थाहाखबरलाई जानकारी दिए ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, डा नारायण कडेल, रास्वपा सांसदसमेत रहेकी सोविता गौतम लगायतले बहस गरेका थिए । कास्की जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न गतशुक्रबारदेखि लागू हुनेगरी दिएको ६ दिनको म्याद बुधबार सकिएपछि उनलाई बिहीबार अदालत पेश गरिएको हो ।
उनको बयान नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । अदालतले रविसहित पूर्वडीआइजी छविलाल जोशी र लिला पछाईलाई पनि थप ७ दिन म्याद थपको अनुमति दिएको छ ।


प्रतिकृया दिनुहोस्