रास्वपाको काठमाडौं केन्द्रित प्रदर्शन
काठमाडौं । पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंकेन्द्रित प्रदर्शन माइतीघरबाट सुरु गरेको छ । रविलाई पक्राउ गरे देखि पोखरामा आन्दोलित रास्वपा नेता–कार्यकर्ता अब काठमाडौंकेन्द्रित आन्दोलनमा जुटेका हुन् । आन्दोलनमा समर्थकहरूको बाक्लो उपस्थिति रहने रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताएका छन् ।
उनका अनुसार पार्टी कार्यालयबाट नेताहरू समेत आन्दोलनस्थल आइरहेका छन् । काठमाडौंको आन्दोलनमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सुमना क्षेष्ठ, शिशिर खनाल लगायत खटिएका छन् ।


प्रतिकृया दिनुहोस्