कीर्तिपुरको मेयरमा एमालेबाट मानन्धरको उम्मेदवारी

कीर्तिपुरको मेयरमा एमालेबाट मानन्धरको उम्मेदवारी

 

काठमाडौ। आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा एमालेले कीर्तिपुर नगरपालिकाका लागि मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार घोषणा गरेको छ । यसअघि नै एमालेको कीर्तिपुर नगर समितिले डा. मानन्धरको नाम सिफारिस गरेको थियो । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् ।
उम्मेदवारी घोषणासभामा मेयरका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार काम गर्ने बताए । घोषणासभामा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए ।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

लोकप्रिय