सांसद मनाङे पक्राउ
काठमाडौं । प्रदेश सांसद दीपक मनाङे पक्राउ परेका छन् ।मंगलबार नेपाल प्रहरीको सिआइबी टोलीले उनलाई काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।सिआइबीका प्रवक्ता होविन्द्रबोगटीले उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
गत कार्तिक २० गते सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाइएको थियो ।
त्यस लगत्तै फरार रहेका मनाङे प्रहरीको खोजीको सुचीमा रहेका थिए । केही दिन अगाडि मनाङेले फैसलाको पूर्णपाठ आएपछिउपस्थित हुने बताएका थिए।एक प्रेस विज्ञप्ति जारी गर्दै मनाङेले अदालतको फैसलापछि मोबाइल अफ गर्नुपरेको र अदालतको पूर्णपाठआएपछि अदालतमा हाजिर हुने बताएका थिए । मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।


प्रतिकृया दिनुहोस्