दीपक मनाङे डिल्लिबजार कारागार चलान
काठमाडौं । गण्डकी प्रदेशका सांसद रहेका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई डिल्लिबजार जेल चलान गरिएको छ ।
काठमाडौंको सानो भर्याङस्थित द कम्फर्ट अपार्टमेन्टमा पुगेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरी कार्यालयमाल्याई कागजी प्रक्रियासाथ अदालतमा पेश गरिएको थियो ।
सीआईबीका अनुसार सर्वोच्च अदालतको फैसलाअनुसार कार्यान्वयन गरिएको हो । मनाङे ज्यान मार्ने उद्योग मुद्दामा कात्तिक २० गतेसर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत, पाटनले उनलाई चक्रे मिलनमाथि आक्रमणगरेको अभियोगमा पाँच वर्षको कैद सजाय सुनाएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पुनरावेदन अदालतको उक्त फैसला सदरगरेपछि मनाङे पुनः दोषी ठहर भएसँगै भुक्तान हुन बाँकी सजायका लागि जेल पठाइएको हो ।
उनी हाँस्दै हास्ँदै जेलतिर लागेका छन् । यसअघि केही समय जेल बसेर छुटेका मनाङे २०७९ सालमा मंसिरमा भएको प्रदेश सभानिर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मनाङ ‘ख’बाट उनी निर्विरोध निर्वाचित भएका थिए ।


प्रतिकृया दिनुहोस्