पूर्वसभामुख ढुंगानाको निधन, आज देशैभर सार्वजनिक बिदा

पूर्वसभामुख ढुंगानाको निधन, आज देशैभर सार्वजनिक बिदा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २०४८ सालको प्रतिनिधि सभामा सभामुख रहेका ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

सरकारले ढुंगानाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ । पूर्वसभामुख ढुंगानाको आजै अन्त्येष्टि गरिँदैछ । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चारमन्त्री गुरूङले जानकारी दिए ।

अन्त्यष्टिअघि उनको पार्थिव शरीर सानो गौचरणमा राखिनेछ । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जली अर्पण गर्नेछन् । पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो २ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

लोकप्रिय