गण्डकी प्रदेशको हिउँदे अधिवेशन २१ गते बोलाउने निर्णय
पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेलाई बोलाउने निर्णय भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २१गते दिउँसो २ बजे संसद बैठक डाक्न प्रदेश प्रमुसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गण्डकी सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउने निर्णय भएकोजानकारी दिए । उनले भने, ‘मन्त्रिपरिषद् बैठकले माघ २१ गते दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ, आजसिफारिसको पत्र प्रदेश प्रमुखकहाँ पठाउँछौँ ।’
प्रदेश सभाको बर्खे अधिवेशन गत असोज ७ गते अन्त्य भएको थियो । अहिले प्रदेश सभाका विषयगत समितिमा दुई विधेयक छलफलमाछन् ।


प्रतिकृया दिनुहोस्