नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि सुरु भई माघ २९ गतेसम्म चल्ने भएको छ ।

डा.बाबुराम भट्टराई नेतृत्व नेसपाको प्रथम महाधिवेशनमा मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको पार्टीले जनाएको छ ।

महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने भएको छ ।

लोकप्रिय