पिएसबीले नागरिकको आवाज बोल्नुपर्छ :सञ्चारमन्त्री

पिएसबीले नागरिकको आवाज बोल्नुपर्छ :सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई सरकारी समाचार संस्था नेपाल टेलिभिजन र रेडियो नेपालबाट गाभिएर बनेको सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले नागरिकको आवाज बोल्नुपर्ने धारणा राख्नुभएको छ ।

नेपाल टेलिभिजन कर्मचारी युनियनद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘सार्वजनिक सेवा प्रसारण नेपालमा कर्मचारीको भूमिका र वृत्ति विकासका अवसर एवं पिएसबीको आगामी कार्यदिशा’ विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले पिएसबीले सरकारका विषयमा मात्र नभई नागरिकको आवाज बोल्नुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले पिएसबीले परम्परागत शैलीबाट क्रान्तिकारी छलाङ मार्नुपर्ने बताउनुभयो । “पिएसबीलाई जनताको चाहनाअनुरुपको संस्थासहित आवश्यक संरचना बनाइएको छ । यो संस्था सफल वा असफल बनाउने कर्मचारीले हो”, उहाँले भन्नुभयो, “सरकार र राज्यका नीति र योजनालाई सफल बनाउने काम कर्मचारीमा भर पर्दछ ।”

सञ्चारमन्त्री गुरुङले केही देशमा असल शासकको असल निर्णयलाई कर्मचारी युनियनले समर्थन गरेको उदाहरण पेस गर्दै कर्मचारीको भूमिका महत्वपूर्ण हुने दोहो¥याउनुभयो । “जुनसुकै संस्थामा पनि असल व्यक्ति हुनुपर्छ, असल शासनलाई असल व्यक्तिले न्याय गर्न सक्छन् । त्यसैगरी शासक र सरकार पनि पारदर्शी हुनुपर्छ”, उहाँले भन्नुभयो ।

लोकप्रिय