निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं:अर्थमन्त्री

निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं:अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताउनुभएको छ ।

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं ।’

 

लोकप्रिय