‘सरकार र बिचौलीयाको सेटिङले किसान मर्कामा’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बिचौलियासँग सेटिङ गरेर किसानलाई मर्कामा पारेको आरोप लगाउनुभएको छ ।
सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका–८ को तोप भन्ने ठाउँमा आज बिहान आयोजित भेटघाट कार्यक्रममा उनले किसानलाई मर्कामा पारेर बिचौलियाले सरकारसँग सेटिङ गरी नाफा कमाउने उद्देश्य लिएको आरोप लगाउनुभएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसँग स्थानीयले मलखाद, बिजुली, सिंचाइ लगायतका समस्या भोगिरहेको भन्दै समाधानको पहल गरिदिन भनेका थिए । सोही क्रममा प्रचण्डले ऊर्जा मन्त्रालयसँग कुरा गरेर विद्युत र सिंचाइको समस्या समाधान गर्ने आश्वासनसमेत दिनुभएको छ ।
साथै उहाँले कृषि उत्पादन वृद्धि, यसको बजारीकरणको समस्या हुँदा किसानले उचित मूल्य नपाउने र विचौलियाले बढी फाइदा लिने गरेकोप्रति आफ्नो ध्यान रहेको स्पष्ट पार्नुभएको छ । उहाँले बिस्तारै कृषि बिमा गरेर किसानलाई लाभान्वित गराउनेतिर पनि बहस गर्दै जाने बताउनुभएको छ ।


प्रतिकृया दिनुहोस्