पालिकाको सहयोगमा आँखा उपचार
स्याङ्गजा । स्याङ्गजाको हरिनास गाउँपालिकाको सहयोगमा १८ जनाले आँखाको उपचार गराएका छन् । पालिकाले यातायातसहित खाना र बस्ने खर्च उपलब्ध गराएसँगै आँखाका विरामीहरुले पाल्पाको रामपुर आँखा अस्पतालमा गएर सल्यक्रिया गर्न सफल भएका हुन् ।
रामपुर आँखा अस्पतालको प्राविधिक सहयोग र क्याक्मी समाज रामपुरको समन्वयमा १८ जनाले निःशुल्क आँखाको सल्यक्रिया गराएको अध्यक्ष खिम नारायण मानन्धरले बताए ।
यसभन्दा अगाडि पनि कालीगण्डकी आँखा अस्पतालमा हरिनाका २० जनाले आँखाको सल्यक्रिया गराएका थिए ।


प्रतिकृया दिनुहोस्